शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ८ मा सिनेट्रीप्याड वितरण कार्यक्रम सम्पन्न
असाड १, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार १ - 
सिरहाको लहान ८ मा महिला स्वास्थ्य सम्बन्धि जनचेतना तथा सिनेट्रीप्याड वितरण कार्यक्रम सम्पन्न भएको छ। महिलाहरुमा अशिक्षा तथा चेतनाका कारण भइरहेको महिला सम्बन्धि समस्याहरुमा पाठेघर सम्वन्धि समस्या , आङ खस्ने, सेतो पानि वग्ने, तल्लो पेट दुख्ने, पिसाव पोल्ने, ढाड कम्मर दुख्ने, यौन रोग, महिनावारीको बेला हुने समस्याका बारेमा सचेतना जगाउने उदेश्यले लहान नगरपालिका वडा न. ८ मा ( लक्षित वर्गको कार्यक्रम अन्तर्गत )  महिला स्वास्थ्य सम्बन्धि जनचेतना तथा सिनेट्रीप्याड वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो। वडा अध्यक्ष विजय कुमार महतो ( जानेमन) को  अध्यक्षता तथा लहान नगरपालिका नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , वडा सदस्यहरु  विमला महता , पुनिता देवी पासवान ,सुरेश कुमार साह , राज लाल साह , सिद्धार्थ आधारभूत विधालयका प्रधाना अध्यापक सुधा चौधरी ,स्वास्थकर्मी खुश्बु गुप्ता , पिंकी मण्डल , सुब्द्रा यादव स्ठानिय गोपाल कुमार पासवान लगायतको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा वडा न.८ का ४ सय ५० जना महिला तथा युवतीहरु लाई स्वास्थ्य सम्बन्धि जनचेतना दिंदै सिनेट्रीप्याड वितरण गरिएको छ। भने सोहि वडामा रहेका ४ जना असक्त तथा अपांगता भएका बालबालिकाहरु लाई पोष्टिक आहारका लागि रु.२५ सयका दरले चारै जना लाई प्रमुख अतिथि मुनि साहको हात बाट वितरण गरिएको छ।  


कार्यक्रममा बोल्दै महिलाहरुमा देखीएका समस्याहरुलाई मध्यनजर गर्दै महिलाहरुमा बढ्दै गएको समस्यालाई उजागर गर्न र समस्याबाट मुक्त गराउन कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष महतोले जानकारी दिनुभयो। त्यस्तै पाठेघर सम्वन्धि समस्या ,आङ खस्ने, सेतो पानि वग्ने, तल्लो पेट दुख्ने, पिसाव पोल्ने, ढाड कम्मर दुख्ने, यौन रोग जस्ता समस्या महिलाहरुको समस्या भएपनि एकजनामा यो समस्या भए पुरै परिबार लाई समस्या हुने भएकोले जनचेतना जगाउनु  प्रभाबकारी भएको स्वास्थ्यकर्मी खुश्बु गुप्ताले बताइन। 

गरिबी , अशिक्षा ,बालबिबाह , महिलाको सुत्केरी हुदा स्वास्थ्यचौकी तथा दक्ष चिकित्सको परार्मस नहुनु मुख्य समस्या भएको हुनाले शिक्षा र स्वास्थ्यको पहुच सबैक्षेत्रमा पुर्याउन सके यो समस्या घटदै जाने र महिलाहरुमा बढी देखा परिरहेको आङ खस्ने समस्या र यसका समाधानका उपायबारे संचारमाध्यममा आबद्ध पत्रकारहरुले लेख्ने कुराको विकास र यो समस्या लाई  स्वास्थ्य संग मात्र नभई सामाजिक चाँसो र शिक्षासंग पनि जोडेर कुरा गरिनुपर्ने बारेमा प्रमुख अतिथि मुनि साहले चर्चा गरेका थिए। कार्यक्रमा महिला स्वास्थ्यकर्मीहरुले महिला तथा किशोरीहरुलाई महिलाहरु लाई लाग्ने विभिन्न रोगहरु बाट बच्ने उपाय र त्यसको समाधान संगै सिनेट्रीप्याड प्रयोग गर्ने बारे जानकारी गराउनु भएको थियो।
यसै बीच कार्यक्रममा आ-आफ्नो धारणा राख्दै कार्यक्रम निकै प्रभावकारी र महिलामैत्री भएकोले सहभागि महिलाहरुले फेरि पनि यस्ता कार्यक्रमको आयोजना हुनुपर्ने धारणा राखेकी थिइन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.