शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सगरमाथा चौधरी आँखा अस्पतालको ३४औ वार्षिकोत्सव सम्पन्न
माघ २९, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , माघ २९ - 
सिरहाको लहानमा रहेको सगरमाथा चौधरी आँखा अस्पतालले सनिबार आफ्नो ३४औ वार्षिकोत्सव भव्यताका साथ् मनाएका छन् I सिरहा क्षेत्र नम्बर १ बाट  निर्वाचित सांसद पदम नारायण चौधरीको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघका अध्यक्ष तिर्थ प्रशाद मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वार्षिकोत्सवमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. संजय कुमार सिंहले सन् २०१६ मा  ३ लाख ३८ हजार ५ सय ४५ जना बिरामीहरुको आँखा जाँच गरिएको जसमा ५४ हजार ४ सय ४६ जना आँखाका विरामीहरुको शल्यक्रिया गर्न सफल भएको तथ्याङक सार्वजानिक गरेको छ। यसै बीच ३४ वर्षको अवधिमा ४६ लाख २२ हजार १ सय ४१ विरामीहरुको जाँच गरिएको छ जसमा १० लाख २ सय ९७ जना आँखाका विरामीहरुको शल्यक्रिया गर्न सफल भएको डा. संजय कुमार सिंहले जानकारी गराउदै ३४ वर्षको अवधिमा सन् २०१६ मा अहिले सम्मकै सर्वाधिक बिरामीहरुको आँखा जाँच गर्न सफल भएको बताए I

यो अस्पतालले  सप्तरीको राजविराज  , सर्लाहीको मलंगवा, उदयपुरको गाईघाट , खोटाङगको दिक्तेल , सिरहाको मिर्चैया लगायत नौ केन्द्रहरुवाट सेवा उपलब्ध गराउदै आइरहेको छ I यस आँखा अस्पतालमा भारतको विहार ,उत्तरप्रदेश , झारखण्ड र पवशिचम वंगालवाट आँखा जाँचको लागि अत्यधिक विरामीहरु आउने गरेका छन।कार्यक्रमा विभिन्न संघ संस्थाका प्रतिनिधि , संचालक समिति , राजनीतिकदल , बुद्धिजीवि , संचारकर्मी , नागरिक समाज लगायत डाक्टरहरुको उपस्थिति रहेको थियो I 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.