शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एपेक्स एजुकेशनलको विदाई कार्यक्रम सम्पन्न
असाड ६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार ६ - 
सिरहाको लहानमा अवस्थित एपेक्स एजुकेशनल एकेडमी लहानले व्रिज कोर्ष र इन्ट्रान्स प्रिपेशन गरेका विद्यार्थीहरुलाई बिहिबार फरेवेल कार्यक्रमको आयोजना गरि विदाई तथा सम्मान गरेका छन्। एपेक्स एजुकेशनलका संस्थापक अध्यक्ष भरत साहको अध्यक्षता तथा सफ्टेक कलेजका संस्थापक डाक्टर महादेव साहको प्रमुख आतिथ्यमा भएको उक्त विदाई तथा सम्मान कार्यक्रका अतिथिहरुमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , विद्यार्थी नेता अशोक चौधरी ,सितल चौधरी, शिक्षकहरु  सरोज कुमार खड्का,सुनिल शर्मा,राजन कुमार गोईत ,श्री राम यादव ,नविन यादव,दिलिप मण्डल ,पुजा साह ,कपिल साह,अभय अभय मण्डल,  मृगेन्द्र साह, लगायत व्रिज कोर्ष र इन्ट्रान्स प्रिपेशन गरेका सैयौ छात्रछात्राहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रमको उद्घोषण संचारकर्मी लाल बिहारी यादव संगै चिराग शर्मा र तन्नु ज्योति यादवले  गर्नु भएको थियो। भने स्वागत मन्तव्य शिक्षक ब्रजमोहन अधिकारिले राख्नु भएको थियो ।कार्यक्रमा उपस्थित वक्ताहरुले सम्पूर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना सहित उचित परामर्स दिएका थिए। कार्यक्रममा गायक सरोज सन्त र सरोज चौधरीले आफ्नो गायन बाट उपस्थित सम्पूर्ण लाई मनोरंजन गराएका थिए। भने व्रिज कोर्ष र इन्ट्रान्स प्रिपेशन गरेका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न गीतहरुमा आफ्नो प्रस्तुति दिएर झुमाएका थिए। उपस्थित सम्पूर्ण अतिथि तथा व्रिज कोर्ष र इन्ट्रान्स प्रिपेशन स्क्लर्सशिप अन्तर्गत उत्कृष्ट ३ जना छात्रालाई मायाको चिनो र पुरस्कार सहित सम्मान गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.