शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण
असाड १८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार १८ - 
सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको छ। सिद्धार्थ आधारभूत विद्यालयमा वाल कक्षा देखि ५ कक्षा सम्म अध्यन गरिरहेका दलित,मुस्लिम,आदिवासी तथा विपन्न परिवारका १ सय ५ जना बालबालिकाहरु लाई लहान ८ का वडा सदस्य तथा समाजसेवी शुरेश कुमार साहले आफ्नो निजि आय स्रोत बाट विद्यालयमा पठन -पाठन गर्न र विद्यालयमा विद्यार्थी टिकाउ र पढाइ लेखाइमा सहयोग पुगोस् भन्ने उदेश्यले शैक्षिक सामाग्रीहरु स्कुल ब्याग,कपि र कलम वितरण गरेका छन। 

विधालय व्यवस्थापन समितिका अध्यक्ष धनीर सदायको अध्यक्षता तथा वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख,वडा सदस्यहरु विमला महता , पुनिता देवी पासवान ,सुरेश कुमार साह , राज लाल साह , सिद्धार्थ आधारभूत विधालयका प्रधाना अध्यापक सुधा चौधरी ,स्ठानिय गोपाल कुमार पासवान लगायत बालबालिकाहरुका अभिभावकहरुको उपस्तिथी रहेको थियो। आर्थिक अभावका कारण पठनपाठनमा अभाव झेल्दै आएका विधार्थीको सहयोगका लागि झोला र शैक्षिक सामाग्री वितरण गरिएको शुरेश कुमार साहले बताए। शैक्षिक सामाग्री पाएपछि आफूहरुलाई निकै खुशी लागेको बालबालिकाहरुले बताए। 

यसै बीच " सबै बालबालिकाहरु लाई विधालय पठाऔ " नेपाललाई शिक्षित देश बनाऔ " मूल नाराका साथ लहान नगर भित्रका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा २ का छात्र तथा छात्राहरुलाई स्कुल ब्याग वितरण कार्यक्रम अन्तर्गत २ कक्षामा अध्यनरत  बालबालिकाहरुलाई लहान नगरपालिका शिक्षा शाखाको तर्फ बाट २० वटा ब्याग वितरण गरिएको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.