शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा ६ महिनाको अवधिमा ५२ वटा मानवअधिकारका घटना
असाड १९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार १९ - 
सिरहामा पछिल्लो समय हत्या, महिला हिँसा,बलात्कार,बहुविवाह,बलात्कार प्रयासका घटना बढेको पाइएको छ। सन् २०१९ को जनवरी देखि जून सम्म ६ महिनाको अवधिमा बालिका सहित २४ जना महिला बलात्कारको सिकार भएकी छन भने २/२ जना महिलार र बालिका बलात्कार प्रयासको सिकार भएकी छन। त्यस्तै ३ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले जनाएको छ।‘मानअधिकार वर्ष पुस्तक २०२०’अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रमका लागि बुधबार लहानमा आयोजित कार्यक्रममा यस अवधिमा १४ बालिका र १० महिला गरी २४  जनाको बलात्कार भएको इन्सेक प्रतिनिधि दुर्गा परियारले जानकारी दिएका छन्। यसैगरी, विभिन्न ५२ वटा मानवअधिकार उल्लंघनका घटनामा ४७ महिला तथा ५ पुरुष गरी ५२ जना पीडित भएका छन्। बोक्सीको आरोप १ ,हत्या प्रयास १ , हत्या ३ जना ,बलात्कारको सिकार २४ , बलात्कार प्रयास ४ जना , बालविवाह ४ , बहुविवाह घटनामा १० महिला गरि ४७ जना महिला पीडित भएका छन्। भने बालयौन दुर्व्यवहार घटनामा २ जना पुरुष गैरराज्यबाट पिडित भएका छन्। त्यस्तै गोलि बाट घाइते १ जना ,कुटपिट बाट १ जना , गिरफ्तार १ जना गरी ३ जना पुरुष  राज्यबाट पिडित भएका छन। 

मानवाधिकार संरक्षण केन्द्र ( संजाल ) सिरहा संयोजक श्याम कुमारी साहको अध्यक्षता तथा लहान नगरपालिकाकी उप-प्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथ्य र जिल्ल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी प्रमुख (एसपी ) उमा प्रसाद चतुर्वेदीको विशिष्ट आतिथ्यमा सम्पन्न ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को पूर्व अर्धवार्षिक समीक्षा’ कार्यक्रमा बोल्दै उपपमुख सरियार चौधरीले महिला, बालबालिकाहरू बढी पीडित हुने गरेको बताइन् । न्यायिक समितिमा आउने समस्याहरू सङ्घसंस्था, प्रहरीहरूको सहयोगमा मिलापत्र गराउने गरेको बताइन्।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदीले हाम्रो समाजको आर्थिक अवस्था र शैक्षिक अवस्था नसुध्रे बालविवाह अन्त्य नहुने बताए । उनले दाइजो प्रथा, बाल विवाह जस्ता विकृति रोक्न कानुनी व्यवस्थाले मात्रै सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए। बलात्कारको घटना सँग सम्बन्धित कतिपय घटनामा जाहेरी पर्नु अगावै प्रमाण नष्ट हुने, स्वास्थ्य परीक्षणको रिपोर्ट उल्टो आउने, पीडित स्वयंले बयान फेरिदिने जस्ता कारणले पीडक उम्किने गरेको बताए। प्रहरी ऐन अनुसार अपराध अनुसन्धान, शान्ति सुरक्षाको जिम्मेवारी भए पनि प्रहरीले हरेक क्षेत्रमा काम गर्नु परेको बताए ।जिल्लामा भएका घटनाहरूलाई आफूले गम्भीररूपमा लिएको र सबैको सहकार्यमा यस्ता घटनाहरू विरूद्ध अभियान तीव्र रूपमा सञ्चालन गर्ने समेत बताए।

यसै बीच इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले सामाजिक अपराधहरूमा बृद्धि भएकोले यस्ता अपराधहरूमा आफैँ सजग हुनु पर्ने बताए । घटनाहरू बढ्दै जानु भनेकै सङ्घसंस्थाहरूले आफनो अभियान तिब्र बनाएकोले हो यसको न्यूनीकरणमा पनि सबैको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा मानवाधिकारकर्मी , महिला अधिकारकर्मी , संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.