शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उधोग वाणिज्य संघको स्वागत कार्यक्रम सम्पन्न
असाड १९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार १९ - 
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले बुधबार स्वागत कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि सिरहा जिल्लाका लागि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारि र जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख तथा एसपी उमा प्रसाद चतुर्वेदी लाई संयुक्त रुपमा स्वागत गरेको हो। सिरहा जिल्लामा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी र एसपी लाई स्वागत गर्दै संघका अध्यक्ष अशोक लाल अमात्य संगै सम्पूर्ण पदाधिकारीहरुले उहांहरुको सिरहा वसाई सुखद र कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भयो । जिल्ला उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरुले सिरहा जिल्लाको बृहत्तर विकासका लागि सुरक्षा निकाय, प्रशासन र निजि क्षेत्रको सहकार्य हुनु पर्नेमा जोड दिंदै स्थानिय प्रशासन संग मिलेर समग्र सिरहाको विकासका लागि उद्योग वाणिज्य संघ- सिरहा सदैव तत्पर रहेको बताए। कार्यक्रममा लहान नगरपालिका क्षेत्र भित्रको सुरक्षा चुनौति बढ्न लागेको आभाष भएको उल्लेख गर्दैै सो सम्बन्धमा गम्भिर हुनुपर्नेमा जोडदिए। जिल्लामा लागु औषध नियन्त्रण र बजारमा रहेका फुटपाथ व्यवसायले पनि सुरक्षा चुनौती थपिएको बताउंदै सो सम्बन्धमा समबन्धित निकायको ध्यानाकर्षण गराएका छन्। 

स्वागत कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सिरहा जिल्लाको विकासको सन्दर्भमा सरकारी निकायको तर्फबाट उद्योग वाणिज्य संघ सिरहा  संग सहकार्य र समन्वयमा अगाडी बढ्न आफु  तत्पर रहेको बताउनु भयो । उहांले जिल्लाको समृद्धीमा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने हुनाले व्यवसायीहरु खुला प्रतिस्पर्धा रहिरहंदा आम नागरिक तथा उपभोक्ताहरुको हितलाई समेत ध्यान राख्नु पर्ने बताउंदै सिरहा जिल्ला हरेकका दृष्टीकोणले सम्भावना युक्त जिल्ला भएकोले यसको विकास र समृद्धि संगसंगै सामाजिक बिकृती र विसंगती विरुद्ध आफु कटिबद्ध रहने र सरकारी निकाय बाट उपलब्ध हुने सेवा सुविधालाई सके सम्म चुस्त राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

 सोहि कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी उमा प्रसाद चतुर्वेदीले जिल्लाको सुरक्षाका लागि आफु हरदम प्रयत्नशिल रहने जनाउंदै सुरक्षाका सन्दर्भमा आवश्यक सूचना महत्वपूर्ण हुने हुनाले सुरक्षा सम्बन्धि सूचना तथा जानकारी उपलब्ध गराउन अनुरोध गर्दै आफुहरु सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउदै चाडै जिल्ला उद्योग वाणिज्य संघ, यहाका संघ संस्थाहरु संग सहकार्यगरी लागु औषध नियन्त्रण सम्बधि जनचेतना मुलक कार्यक्रम गर्ने जानकारी गराउनु भयो। कार्यक्रममा यस क्षेत्रका व्यापारीहरुको समेत उपस्तिथी रहेको थियो।  

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.