शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा बजाज एक्सचेन्ज मेला हुने
असाड २०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार २० - 
बजाज मोटरसाइकलको लहानका लागि आधिकारीक वितरक मनकामना ट्रेड लिंकले पुरानो मोटरसाइकल तथा स्कुटरसँग बजाजका मोटरसाइकल क्सएचेन्ज गर्न सकिने मेला आयोजना गरिरहेको छ। एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरको न्यूनतम मूल्य ३० हजार रुपैयाँ प्राप्त गर्न सकिने मनकामना ट्रेड लिंकका प्रवन्ध निर्देशक शंकर चौधरीले जानकारी दिएका छन। पुरानो मोटरसाइकलको मूल्य प्रचलित बजार मूल्यांकन भन्दा १५ हजार रुपैयाँ सम्म बढी दिने योजना समेत रहेको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएका छन। 

यसका साथै नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकले स्क्राचकार्ड मार्फत २५ हजारसम्म नगद छुट पाउन सक्ने ,नयाँ मोटरसाइकल खरिद गर्दा लेग गार्ड, ल्यापटप ब्याग, हेलमेट, बाइक कभर जस्ता एसोसरिज निःशुल्क उपलब्ध गराउने निर्देशक चौधरीले बताए। उक्त एक्स्चेन्ज मेला असार २२ गते  देखि २७ गतेसम्म मनकामना ट्रेड लिंक ( बजाज मोटरसाइकलको शो रुममा) आयोजना भइरहेको छ। मनकामना ट्रेड लिंकमा बजाज कम्पनीका डिस्कोभर - १२५ डिजिटल डिस्क,डिस्कोभर - १२५ डिजिटल ड्रम,पल्सर -१५० सिसी UG4 ,पल्सर २२० सिसी F ,पलाटिना १०० ES ,पल्सर १५० TD ,पल्सर -200AS ,डिस्कोभर १२५ सिसी ड्रम ब्रेक ,डोमिनर D400 सिसि ,एभेन्जर १८० स्ट्रिट,एभेन्जर २२० सिसि ,एभेन्जर २२० सिसि स्ट्रीट,पल्सर १६० NS ,पल्सर १८० सिसि , V 12 -125 र V 15 -150 मोडलका मोटरसाइकलहरु उपलब्ध रहेको समेत निर्देशक चौधरीले जानकारी गराउनु भयो ।   

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.