शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकाको बजेट १ अर्ब ५१ करोड ४२ लाख सार्वजनिक
असाड २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार ११ - 
जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान - समृद्ध लहान" ः कृषि, उद्योग, पर्यटन र पूर्वाधार”भन्ने मूल नाराका आर्थिक वर्ष २०७६/०७७ को आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सनिबार चौथो  नगर सभा बाट सर्वसहमत पारित आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति कार्यक्रम तथा बजेट एवम योजना सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। लहान नगरपालिका प्रमुख मुनि साह सुडीको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रमा उप-प्रमुख सरियार चौधरी ,ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कमल राज भण्डारी,नेकपा केन्द्रिय सदस्य गंगा यादव, राजेन्द्र चौधरी उधोग वाणिज्य संघ लहान सिराहाका अध्यक्ष अशोक लाल अमात्य ,एभरेष्ट कलेजका संस्थापक माधव राज शर्मा, नेकपा नगर इन्चार्ज सचितानन्द चौधरी, शस्त्र प्रहरी वेश क्याम्प लहानका डिएसपी प्रेम रावत लगायत कार्यपालिका सदस्यहरु,वडा अध्यक्षहरु,जनप्रतिनिधि ,नगरपालिकाको कर्मचारी संगै वुद्धिजीवि,नागरिक समाज , संचारकर्मीहरुको उपस्तिथी रहेको उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मुनि साहले आर्थिक वर्ष २०७६/०७७ का लागि लहान नगरपालिकाको बजेट १ अर्ब ५१ करोड ४२ लाख रहेको बताउदै नगरपालिकाले यस आर्थिक वर्षमा पूर्वधार एवम शहरी विकास सम्बन्धि नीति ,शिक्षा तथा खेलकुद सम्बन्धि,स्वास्थ्य तथा सरसफाई सम्बन्धि,पशु ,कृषि सिंचाई तथा भुमि र उधमशिलता सम्बन्धि नीति, सामाजिक विकास सम्बन्धि,विपद तथा वातावरण व्यवस्थापन सम्बन्धि,वातावरण सम्बन्धि , संस्थागत विकास,सेवा प्रवाह,सुचना प्रविधि र सुशासन सम्बन्धि नीति तथा कार्यक्रमहरु र बजेट निर्माण तथा कार्यान्वयन सम्बन्धि नीतिहरु लाई प्राथमिकतामा राखिएको बताउनु भयो।

आगामी आर्थिक वर्ष ०७६/७७ को आय तर्फ संघीय सरकार तर्फ बाट वित्तीय समानीकरण अनुदान २१ करोड ८६ लाख , सशर्त अनुदान ३१ करोड ९५ लाख ,समपुरक अनुदान १५ करोड , राजश्व वाडफाड १६ करोड ४२ लाख , सामाजिक सुरक्षा तर्फ १८ करोड , प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण अनुदान ८३ लाख ६३ हजार, सशर्त अनुदान १ करोड,विशेष अनुदान ३० लाख ,समपुरक अनुदान ५ करोड ६० लाख ८६ हजार ५ सय, राष्टपति चुरे तराई समृद्धि विकास कार्यक्रम तर्फ ३ करोड , तराई मधेश समृद्धि कार्यक्रम तर्फ १ करोड ५० लाख,वास ( इन्फो ) परियोजना २ करोड,सुरक्षित आप्रवासन कार्यक्रम २३ लाख,सडक वोर्ड नेपाल ७० लाख,प्रधानमन्त्रि रोजगार कार्यक्रम १ करोड र आन्तरिक स्रोततर्फ चालु आर्थिक वर्षको असारमा बाँकी रहने बचत अनुमानित २५ करोड र आन्तरिक आयतर्फ ७ करोड १ लाख ५० हजार ५ सय समेत १ अर्ब ५१ करोड ४२ लाखको आय अनुमान गरिएको छ। साथै व्यय तर्फ चालु खर्च तर्फ ४७.५५% अर्थात् ७२ करोड र पुँजीगत खर्च तर्फ ५२.४५% अर्थात् ७९ करोड ४२ लाख समेत जम्मा रु. १ अर्ब ५१ करोड ४२ लाखको बजेट प्रस्तावित गरिएको छ। 

सडक बोर्डबाट १ करोड  ,आन्तरिक तर ५ करोड ५४ लाख २५ हजार ,चालु आर्थिक वर्षको असारमा बाँकी रहने बचत ३० करोड तथा न्यून पूर्तिको २१ करोड ५० लाख गरि जम्मा १ अर्ब ३५ करोड २५ हजारको आय अनुमान गरिएको र वय तर्फ चालु खर्च ६० करोड ७८ लाख ६७ हजार र पुँजीगत खर्च तर्फ ७४ करोड २१ लाख ५८ हजार प्रतावित गरिएको छ। न्यून पूर्तिको स्रोतमा संघीय सरकार,प्रदेश सरकार तथा ऋण समेतलाई आंकलन गरिएको छ। 

आगामी आर्थिक वर्ष ०७६ /७७  मा नगरपालिका क्षेत्र भित्र रहेका खुट्टी नहर निर्माण , फोहरबाट मोहर कार्यक्रम, नगर बस खरिद, वडा कार्यलय भवन निर्माण,चक्रपथ ट्राक खोल्ने,वडा न.१ को तरकारी बजार निर्माण, राजदेवी मन्दिरमा धर्मशाला,वडा .७ स्थित राम मन्दिर निर्माण,,किसान ,मजदुर परिचय पत्र वितरण, म्याचिंक फन्ट ,सडक बोर्ड नेपाल,धार्मिक पर्यटन स्थल स्तर सुधार,संचार क्षेत्र विकास रेडियो कार्यक्रम,लहान नपाको वडा न.६ र ७ स्थित रहेको जग्गामा सपिङ्ग कम्प्लेक्स भवन निर्माण, खुट्टी बलान नदि नियन्त्रण कार्यक्रम,दलित गरिबको लागि राशन पसलको वाव्स्था, एकीकृत बस्ति निर्माण कार्यलाई निरन्तरता दिने,खुट्टी नहरको सिंचाइको निर्माण कार्य शुरु गरिने,बानो नहरको सिंचाईको निर्माण कार्य शुरु गरिने,जेष्ठ नागरिक,एकल महिला र अपांगलाई सम्मान गर्ने तथा स्वास्थ्य शिविर संचालन गर्ने ,कस्टम हायरिंग सेन्टर एवम कृषि यान्त्रिक कार्यशाला स्थापना गर्ने, टाउन प्लानिङ्गको कार्य शुरु गरिने,प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याइने र  ग्रामिण क्षेत्र सरसफाई शुल्कमा ५० % छुट गरिने लगायतका महत्वपूर्ण योजना तथा कार्यक्रम सार्वजनिक गरिएको छ। 

 * कार्यक्रममा चालु आर्थिक वर्ष २०७५/०७६ का उपलब्धिहरुमा घर घरमा डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधि छर्कने काम गरियो 
 * ठेक्का व्यवस्था गरि १४ किलोमिटर सडक निर्माण शुरु गरियो 
 * कृषि अन्तर्गत ७०० जनालाई तालिम दिइएको तथा १० किलोमिटर कृषि सडक बिस्तार गरि केहि विधुतीकरण कार्य समेत गरिएको 
 * ईन्फो , वाटरएड,फिकल ( दिशाजन्य लेदो व्यवस्थापन ) कार्यक्रम अन्तर्गत सम्झौता गरि संचालनको चरणमा पुगेको 
 * शहरी सघन कार्यक्रम अन्तर्गत १५ वटा योजना संचालनमा रहेको र ३४ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन डिपिआर भैसकेको 
 * लहानदेखि काभ्रे महादेव हुँदै नेपालटारको मदन भण्डारी राजमार्ग सम्मको सडक योजना लागु गराइएको 
 * होमियोपैथिक अस्पताल उद्घाटन गरि संचालनमा ल्याइएको 
 * लहान महोत्सव सम्पन्न गरिएको 
 * एकीकृत बस्ति निर्माण गरिएको र न्यायिक समिति गठन गरि सक्रियता पुर्वक संचालनमा ल्याइएको नगर प्रमुख साहले बताए। भने लहान नगरपालिकाको चुनौतीहरु अन्तर्गत सडक अतिक्रमण हुन् जोगाउने ,राजमार्गको सिमा क्षेत्र खालि गराउने,विधुत कार्यलय,सिंचाई कार्यलय,खानेपानी कार्यलय ,फोहर वयवस्थापन र सडक सीमामा विवाद , मुद्दा लगायतका चुनौतीहरु रहेको प्रमुख साहले बताए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.