शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लब द्वारा वर्षा पिडित लाई राहत वितरण
असाड २९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार २९ - 
लायन्स क्लब लहान द्वारा वर्षका कारण पिडित भएका लहान नगरपालिका वडा नम्बर १ र २ का ३० जना घरपरिवार लाई राहत वितरण गरिएको छ।
लहानमा रहेको भावारा नहरको बाँध भत्किएर लहान १ र २ मा रहेको दलित बस्तीमा पानि पसेर डुबानमा परेर विच्च्लीमा परेका करिब २ सय भन्दा बढी मानिसहरुका ३० जना घर परिवारहरुलाई लायन्स क्लब लहानले प्रतेक परिवारमा २५ केजीका चामल ३० बोरा उपलब्ध गराएका छन्।

लायन्स क्लबका रिजन चेयरमेन चक्रपाणि दाहाल तथा लायन्स कल्ब अफ लहान सिटीका अध्यक्ष राम सेवक यादव , निवर्तमान अध्यक्ष रियासत लिमि, पुर्व अध्यक्ष धरणीधर अधिकारि ,पाण्डव हमाल,उपाध्यक्ष किसन रोनियार,सचिव उमेश साह,कोषाध्यक्ष उज्जवल साह,क्लव प्रवक्ता ललित कुमार महतो, उपाध्यक्ष सुदिप कुमार चौधरी र जय प्रकाश चौधरी , निवर्तमान उपाध्यक्ष सन्जय राज शर्मा ,सदस्य प्रसान्त चौधरीको उप्स्तिथिमा शनिबार लहान १ र २ का ३० जना दलित परिवार लाई राहत स्वरुप चामल वितरण गरेका छन् । वर्षका कारण पिडित भएका लहान नगरपालिका वडा नम्बर १ र २ का ३० जना घरपरिवार लाई अहिले श्री जनता आधारभूत विद्यालय सिंगराही मटियर्वामा सुरक्षित वासको व्यवस्था मिलाइएको छ। यसै बीच लहान १ र २ का ३० जना घरपरिवार लाई सगरमाथा चौधरी आखा अस्पतालले समेत पिडितहरु लाई लगाउने लुगा , फास्ट फुड,चाउचाउ तथा मिनिरल पानीको वयवस्था गरि सहयोग गरेका छन् ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.