शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित
असाड ३०, २०७६ | फिरोज शेख

सिरहा २०७६ असार ३० । गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त व्यस्त बनेको विपद घडिलाई मध्यनजर गर्दै रेडियो मुस्कान ९६.५ मेगाहर्जले आफनो पुर्वनिर्धारित बार्षिकोत्सव कार्यक्रम स्थगित गरेको छ । झा ब्रदर्श मिडिया हाउस प्राईभेट लिमिटेडका संचालक एवं रेडियो मुस्कानका प्रबन्ध निर्देशक शितल कुमार झाले वर्षा र बाढिको कारण सिरहा सहित देशै भरिका नागरिकहरुको जनजीवन अस्त व्यस्त भएको समयमा  कुनै पनि उत्सव मनाउन  उपयुक्त समय नभएको भन्दै सिराहा सहित देश नै अहिले विपदमा परेको छ , हजारौं व्यक्ति समस्यामा छन हामी कसरी खुशियाली मनाउन सक्छौं त्यसैले निर्धारित भईसकेको वार्षिकोत्सव कार्यक्रम स्थगित गरेका हौं । ’ यहि असार ३१ गत्ते स्थानीय न्यु रमझम साँझ होटलको सभाकक्षमा रेडियो मुस्कानको प्रथम वार्षिकोत्सव समारोह मनाउने सम्पुर्ण तयारी भईसकेको बेला कार्यक्रम स्थगित गर्नु सजिलो नभए पनि विपदको घडीलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको निर्देशक झाको भनाई छ। रेडियोले ३१ गते मनाउने भनिएको वार्षिकोत्सव कार्यक्रम अहिलेलाई स्थगित गरिएको र अवस्था सामान्य भएपछि मात्रै अर्को मिति निर्धारण गरिने उनले बताए ।‘ मिथिलाक शान’ मुलनाराका साथ २०७५ असार ३१ गते सिरहाको सदरमुकाम सिरहामा रेडियो मुस्कानको स्थापना भएको थियो ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.