शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
श्रवन हत्यामा २ जनालाई आजिवन जेल सजाय
साउन २, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ श्रावन २ - 
सिरहाको लहान नगरपालिका– ३ स्थित रोशन कुशवाहाको आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको श्रवन कुमार साहको हत्यामा संलगन रहेको अभियोग पुष्टि गर्दै सिरहा जिल्ला अदालतले श्रवन हत्यामा २ जनालाई आजिवन जेल सजाय सुनाएको छ , भने ५ जनालाई सफाइको फैसला सुनाएको छ । लहानमा अवस्थित ललकु माविमा एसइई परीक्षा दिएर थप अध्ययन तयारीका लागि लहानमा डेरा गरी बसिरहेका विद्यार्थीको हत्याको अभियोगमा सिरहाको लहान न- पा - ३ का ४२ वर्षीय बसन्त साह र सप्तरीको सुरुङ्गा नगरपालिका - ५ कुसहाकी ३३ वर्षीया रञ्जुकुमारी मण्डललाई अदालतले मंगलबार आजीवन जेल सजायको फैसला सुनाएको हो । अदालतले उक्त मुद्दाका पाँच जनालाई सफाईसहित एक जनाको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको छ । सिरहा जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको इजलासले लहान -३ का भोलाजित सिंह, दिपक शर्मा, मो. मिस्टर राइन, नइम राइन र महेशकुमार यादवलाई सफाइ को फैसला सुनाएको छ भने हत्यामा संलग्न रहेका रामानन्द गुप्ता फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको जनाइएको छ ।

श्रवन हत्यामा संलग्नहरूले पक्राउपछि दिएको बयानअनुसार मृतक श्रवणले २०७३ चैत १३ गते अपराह्न रन्जु मण्डल लाई आफ्नो मोवाइलबाट फोन गरि ‘तिम्रो मोवाइलको मेमोरी मैले भेटेको छु, त्यसमा अश्लील भिडियोहरू पनि छन्’ भनेका थिए। उनले फोन गर्ने समयमा रन्जु सँगै रहेका वसन्त र भोलाजितले ‘को रहेछ, त्यसलाई भेटेर मारिदिने ’ भन्दै रन्जु लाई फोन गर्न लगाई श्रवन लाई लहान– ३ स्थित नयाँ बस पार्कतिर बोलाएको प्रहरीको अनुसन्धानले देखाएको थियो। त्यही बेला भोलाजितले आफ्ना साथीहरू दीपक र रमानन्द गुप्तालाई बोलाएर लुकी छिपी बसिरहेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए । सोहि क्रममा श्रवन र रन्जुको भेट भयो दुवै जना कुरा गरिरहेको बेला भोलाजितले आफ्ना साथीहरू दीपक र रमानन्द गुप्ता सहित श्रवण लाई कुटपिट गरेका थिए । कुटपिटबाट ज्यान जोगाउन भाग्दै नजिकै रहेको बिन्दी यादवको घरमा चुक्कुल लगाएर लुकेर बसेका श्रवणलाई घरबाट निकाली शरीरभरी पानी खनाउदै मरणासन्न हुनेगरी कुटेपछि श्रवन ज्यान जोगाउन पुुनः पूर्वतिरको नर्सरीतिर भागने क्रममा श्रवन लाई हातमा लगाउने एक किसिमको हतियार ( पन्च ) ले कन्चटमा हानेपछि अचेत भइ भुइमा लडेका थिए। त्यस पश्चात मोटरसाइकलमा राखेर आँपको बगैँचामा पुगी श्रवन लाई त्यहीँ हत्या गरेर ‘आत्महत्या गरेको’ भन्ने देखाउन आरोपीहरूले कपडाको डोरी बनाएर आँपको रूखमा झुण्ड्याइदिएका थिए। हत्यामा संलग्न वसन्त र रञ्जुलाई खोजतलासको क्रममा सुनसरीको सोनापुरबाट लुकिछिपी बसिरहेको अवस्थामा तथा भोलाजित र दीपकलाई चैत १८ गते पक्राउ गरिएको थियो, भने मिस्टर राईनलाई चैत १९ गते स६प ७४१४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए। सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमाका करिब १८ वर्षीय श्रवणकुमार साह लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा माविबाट २०७३ को एसइइ परीक्षा दिएर थप अध्ययनक लागि आफ्नो भतिजसँग डेरामा बस्दै आएका थिए ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.