शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सेवा विस्तार गर्दै सप्तऋषि अस्पताल लहान
साउन ३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ श्रावन ३ - 
सिरहाको लहानमा अवस्थित सप्तऋषि अस्पताल लहानले नयाँ आर्थिक वर्षसँगै सेवा विस्तार गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुभाष बाबु साहले शुक्रबार पत्रकार समेलन मार्फत जानकारी गराएका छन। अस्पतालले विगतका दिनहरुमा दिई रहेका स्वास्थ्य सेवाहरु बाट प्रभावित भई अझ प्राविधिक तथा सुविधायुक्त बनाउन र सबै वर्गका विरामीहरुलाई सुविधा युक्त संगै सुलभ दरमा सेवा प्रदान गर्ने उदेश्यका साथ आफ्नो सेवा विस्तार गर्न लागेको डा. साहले बताए। अस्पतालले निरन्तर सेवा प्रदान आइरहेको सेवाहरुमा अन्तर्गत इमर्जेन्सी, प्रसुती ,ओप्रेशन,फार्मेसी,ल्याबोरेटरी,विडियो एक्सरे,फिजियोथेरापी  , डिजिटल एक्सरे ,आउट पेटेन्ट एण्ड इन पेटेन्ट , क्याविन सेवा सुविधा संगै यस आर्थिक वर्ष २०७६ /०७७ देखि एनआइसीयु,हाइ केयर युनिट,सिटि स्क्यान,पेयिंग वार्ड, एच ए , सिएम ए र नर्सिङ्गको ट्रेनिंग ,इन्टर शिप जव, सीएमइ संगै वर्कशोप लगायतका सेवा सुविधाहरु सुचारु गरेको जनाएका छन। 

सप्तऋषि अस्पतालका मेडिकल निर्देशक डाक्टर पशुपति चौधरीको अध्यक्षतामा भएको पत्रकार समेलनमा अस्पतालले अब विरामीहरुको सेवासुविधा लाई मध्यनजर गर्दै नाफा मुखी नभई सेवामुखी सेवा प्रदान गर्ने उदेश्यका विरामीहरुका लागि प्रत्येक बुधबार ओपिडी सेवामा ५० % छुट,प्रत्येक शनिवार १४ वर्ष सम्मका विद्यार्थीहरु लाई ओपिडी सेवामा ५०% छुट, प्रत्येक महिनाको अन्तिम बुधबार नि:शुल्क स्वास्थ्य शिविर, प्रत्येक शुक्रबार मधुमेह र थाईराइड ,चेकजाँचमा ५०% छुट, प्रत्येक मंगलबार फिजियोथेरापी सेवामा ५०% छुट संगै प्रत्येक आईतबार सिटिस्क्यानको मात्र ५ हजार ५ सय रुपैया ,प्रत्येक सोमबार भिडिओ एक्सरेको रु, ४०० मात्र, होलबडी चेकअप रु,४ हजार , हाफबडी चेकअपको मात्र २ हजार र प्रत्येक शनिबार शुभाष मेडिकोमा औषधि खरिद गरेमा ५ % छुटको समेत व्यवस्था गरिएको निर्देशक डाक्टर पशुपति चौधरीले बताए। 

आमा सुरक्षा कार्यक्रम उधारोमा

आमा सुरक्षा कार्यक्रम शुरु भएको ९ वर्ष पुरा भएपनि विगत २ आर्थिक वर्ष देखि बजेट निकासा नहुँदा आमा सुरक्षा कार्यक्रम उधारोमा गर्दै आइरहेको निर्देशक डाक्टर चौधरीले जानकारी दिएका छन। अस्पतालमा सुत्केरी हुन आउने प्रसूति महिलालाई दिने रकम निकासा नहुँदा विगत २ आर्थिक वर्ष देखि पुर्जामा फोन नम्बर लेखेर डिस्चार्ज गरिरहेका छौँ।’अस्पतालमा सञ्चालनमा रहेको आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसूति महिलाका लागि प्रदेश सरकारले उपलब्ध गराउने रकम निकासा नहुँदा उधारोमै प्रसूति सेवा दिन बाध्य भएको निर्देशक चौधरीले गुनासो गरेका छन। आर्थिक वर्ष ०७४/७५ को वैशाखदेखि असारसम्म र ०७५/७६ को चैतसम्म प्रसूति सेवा उपलब्ध गराएबापत अस्पतालले पाउने प्रोत्साहनबापतको रकम ,चारपटक स्वास्थ्य जाँच गराएको र यातायात भत्ताबापतको रकम चालू आर्थिक वर्षको चैत मसान्तसम्मको रुपैया सहित करिब १ करोड ७५ लाख रुपैयाँ बाँकी रहेको अस्पतालका प्रवन्धक ऋषि रंजन चौधरीले जानकारी दिए। थप रकम कसरी निकासा होला ?’ पछिल्लो दुई आर्थिक वर्षको बक्यौता रकम निकासा गर्न लहान नगरपालिकाको स्वास्थ्य सेवा विभाग, प्रदेश २ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य महाशाखामा पटक–पटक पत्राचार गरी ताकेता गरिरहेका छौँ, तर ‘सुनुवाइ नहुँदा आमा सुरक्षा कार्यक्रम नै प्रभावित हुने अवस्था सिर्जना भएको छ। यस अस्पतालमा महिनामा करिब ३ सय महिलाको प्रसुती हुदै आइरहेको छ,जसमा २५ देखि ३५ जना महिला शल्यक्रियाबाट सुत्केरी हुदै आइरहेको छ’। आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले प्रसुती र बच्चाका लागि झोला , बच्चा र आमाको कपडा संगै यातायात खर्च उपलब्ध गराउदै आइरहेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.