शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लाइन्स क्लबद्वारा राहत वितरण
साउन १२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ श्रावन १२ - 
सिरहा नगरपालिकाको समन्वयमा लाइन्स क्लब अफ लहान सिटीले अबिरल बर्षा र बाढीका कारण पिडित परिवारहरुलाई शनिबार लाइन्स क्लब अफ लहान सिटीले राहत वितरण गरेका छन् । सिरहा नगरपालिकाको वडा नं. ५ मा लाइन्स क्लब अफ लहान सिटिले सिरहा नपाको वडा नं. ५ मा रहेका १४ घरपरिवार पूर्ण क्षति र ४२ घरपरिवार आंशिक क्षति गरी कुल ५६ घर परिवारलाइ चामल १५ किलो, दाल २ किलो, खानेतेल १ लिटर , नुन १ किलो, तन्ना १ पिस, वाल्टीन १ पिस, मग १ पिस, कपडा १ पिस राहत वितरण गरेको लाइन्स क्लब, लहान सिटीका रिजन चेयरपर्सन चक्रपानि दाहालले जानकारी दिएकाछन् । उक्त वितरण कार्यक्रममा लाइन्स क्लब अफ लाहान सिटिका अध्यक्ष राम सेवक यादव, रिजनल पर्सन चक्रपानि दहाल, सिरहा उधोग वाणिज्य संघका अध्यक्ष प्रमोद पौद्यार, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका प्रवन्ध निर्देशक फिरोज शेख, संचारकर्मी रमिता नेपाल, अपन दैनिकका प्रकाशक÷सम्पादक एवं एभिन्यूजका सिरहा जिल्ल्ला संवाददाता शुभ नारायण कामती, सिरहा नगरपालिकाका सुरेश चोरवार ,राष्ट्रिय स्वयमसेवक समितिका युवायुवतीहरु लगायत स्थानीय बुद्धिजिवी, समाजसेवी, नगारीक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.