शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
यस पालीको तीजको रमाइलो सरसफाई अभियान गरेर रमाउन प्रयास गरौ
साउन २६, २०७६ | सरगम खबर समाचारदाता

२०७६ श्रावन २६ गते आइतबार - 
जब दशै र छठ पूजा निश्चित तिथि र मितिमा हुन्छ तव हाम्रो संस्कृति र मौलिकता लाई झलकाउने तीज पर्व र तीजको रमाइलो एक महीना पहिला देखि किन गर्दैछौं हामी । आज देश लाई  साउथ एशियाको पहिलो राष्ट्र बनाउने बेला हो । नेपाल लाई प्रथम खुल्ला दिशा मुक्त राष्ट्र हुन तपाई र हाम्रो सानो सहयोगको आवश्यकता हो । सरसफाई अभियान लाई तीव्र गरौ । असहायहरु को घरमा यस पालीको तीजको पार्टी मनाउने संकलित राशिको सहयोग चर्पि निर्माणको लाई सहयोग गरौ । महिलाहरु माथि हिंसाको प्रमुख कारण मध्ये एउटा मुख्य कारक बाहिर शौच गर्न गएको बेला सुनसान ठाउँ र एकांतको  फायदा उठाएर असमाजिक व्यतित्व हरुले सैकड़ो गरीब असहाय परिवारका दीदी बहिनी हरुको यौन शोषण गरेको तथ्यांक हो । यदि घरमा चर्पि हुन्थियो भने यस्ता घटना न्यून हुन्थियो की ?
आफ्नो जिन्दगीको व्यस्तता भए पनि हामी दिनहु जति समय तीजको निमतो पाएको र आयोजन गरेको दर खानेमा समय वर्बाद गर्छौ । त्यति समयमा हामी आफ्नो टोल , गाउ सरसफाई अभियान गरेर नेपाल आमा लाई सफा र सुंदर बनाउन सकथिएँ की ।अहिले खर्चिलो र भड़कीलो तीजको कारण महिलाहरुमा लुगा र गहनाको संदर्भमा पनि बिसमताको कुरा आउदैछ । आफ्नो अनुसारको लगाउन पाउने अधिकार हो ।
आफ्नो रहरले किनेको तीजमा लगाउन नपाए कहिले लगाउने ?  जिंगदीभर लुकाएर राख्ने अचलनको गहना किन चाहियो ? पुरुषले मात्रा बियर , वाइन खाएर दशै तिहार मनाइने ? पनि धेरै प्रश्न हुदैछ आजकल समाजमा ।

 तर मेरो सोंच माइतीघर जाने ,राम्री हुने , नाचने दर खाने । सबै तिजको अघिल्लो दिन देखि पंचमी सम्म रमाउने । चोखो खाने चलन पनि थियो तर अहिलेको दर त मासु र वाइन बिना नजाने भएको हो । एक महीना देखिनै पार्टी प्यालेस बुकिंग गरेर दरको निहुमा भडाकिलो खाना र पश्चमी संस्कृतिको अश्लील गीतको धुनमा नाचनु भन्दा राम्रो हरितालिका तिजको अघिल्लो दिन माइती घरको दर ( घिउ राखेर पकाएको भात , तामा को तरकारी , गुन्दुरुक र  करेला काक्रोको अचार , दही , दूध मही ) खाएर र राति सम्म नाचेर अनि खीर खाएर सुत्ने हो र पंचमी सम्म माइती घरमा रमाइलो गरेर भोली पलट घरमा आउने हो राम्रो हुन्छ की । बुआ आमा संग पनि भेटने अचूक उपाय । 

हाम्रो गाउमा नदी खोलाको सरसफाई गरेर आस्थाको महान पर्व छठ पूजामा  पूजा गर्ने गरीब असहाय परिवार लाई नया साड़ी , फल फूल , पूजा सामग्री र आर्थिक सहयोग गरेर एउटै नदीको घाटमा ब्रत राख्नको लागि प्रेरित गर्ने जस्तो उदाहरणीय कार्य सम्पन्न परिवारका महिलाहरु गर्नु हुन्छ । त्यस्तै हामी आफ्नो छिमेक को आमाहरु लाई सहयोग गरेर पुण्यको कार्य गरौ । असहाय आमाहरु लाई तपाई ले दिएको लुगा र हजार रुपयाको कारण  तिजको खुशी ले हजुर लाई हजारों दुआ र आशीष तीज संग संग थपने हो ।आजकल समाजिक सञ्जाल र महिला सशक्तिकरण को लागि बोलने व्यक्तिको सम्बोधन सुनछु ।  महिला हरु लाई मंच र कार्यक्रम मा उचित सम्मान भएन । सत्य पनि हो । मेरो व्यक्तिगत धारना कसैले दिएको स्थान र सम्मान ले प्राणी मा समानता ल्याउन सक्दैन । महिला एबम बाल बालिकाको पहल मा सरसफाई अभियान लाई तीव्र गर्ने बेला हो । अब सामूहिक नेतृत्व गरेर सरसफाई अभियान संचालन गरेर देश लाई सफा र सुंदर बनाएर एतिहासिक काम गरौ । र त्यो ऐतिहासिक दिन को घोषणा सभामा  आफ्नो मंच आफु कार्यक्रम संचालित  गरेर सावित गरौ । घर को सरसफाई को जिम्मा मात्र महिलाको होइन । घर र बाहिर हामी पुरुष महिला मिलेर आफ्नो गाउ ठाउँ लाई रमणीय बनाउ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.