शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
छात्राहरुलाई पढाईमा प्रोत्साहन गर्न साइकल वितरण गरिदै
साउन २९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ श्रावन २९ - 
प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत लहानको २ वटा विद्यालय र भगवानपुर गाउँपालिकाको एउटा विद्यालय को कक्षा ८ मा अध्यनरत छात्राहरुलाई साइकल प्रदान गर्ने भएका छन्। लहानको वडा नम्बर ३ मा अवस्थित श्री लक्ष्मण ललिता कुशवाहा मावि ,लहान ७ मा अवस्थित पशुपति आदर्श मावि मटियर्वा र भगवानपुर गाउँपालिकामा अवस्थित इनर्वा माविको कक्षा ८ मा अध्यनरत छात्राहरुलाई साइकल प्रदान गर्न लागेको हो। समाजवादी पार्टी लहानका नगर अध्यक्ष दिनेश महतो , कोषाध्यक्ष रामु महतो र क्षेत्रीय सचिव रेशन गुप्ताको पहलमा ललकु माविको कक्षा ८ मा अध्यनरत १०३ छात्राहरुलाई साइकल वितरण गर्न साइकल विद्यालयमा आइपुगेको समाजवादी पार्टी लहानका कोषाध्यक्ष रामु महतोले जानकारी दिएका छन। यस कार्यक्रमले टाढाटाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने समाजवादी पार्टी लहान कमिटीले विश्वास व्यक्त गरेका छन। पशुपति आदर्श मावि मटियर्वा र इनर्वा माविका लागि पनि प्रदेश सरकारले चाडै साइकल पठाउने कार्यक्रम रहेको समाजवादी पार्टी लहानले जनाएको छ।
 प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालय निर्माणजस्ता कार्यक्रमलाई अघि बढाउदै महिला सशक्तीकरणमा प्रदेश २ लाई अग्रपङ्क्तिमा राख्ने सोच लिएका छन।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.