शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रेडियो नेपालबाट निकालिएका सञ्चारकर्मीको पुनर्वहालीको माग
भाद्र १९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र १९ - 
सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल प्रेस युनियन सिरहा शाखाले रेडियो नेपालका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र पठाएको छ। रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीमा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण कुनै जानकारीसम्म नदिइ जागिरबाट निकालिएकाले पुनर्वहालीको माग गर्दै नेपाल प्रेस युनियन सिरहा शाखाले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत कार्यकारी निर्देशकलाई ज्ञापनपत्र पठाएको हो। लामो समयदेखि सरकारी सञ्चार माध्यम रेडियो नेपालमा कार्यरत सञ्चारकर्मीलाई बिनाकारण जागिरबाट निकाल्नुले विभिन्न समयमा विभिन्न तवरबाट पत्रकारमाथि हुने पीडामाथि झनै पीडा थपिएको महसुस भएको जनाउँदै प्रेस युनियन सिरहाले पुर्नवहालीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारि मार्फत रेडियो नेपालका कार्यकारी निर्देशक सिहदरबार काठमाडौं , प्रेस काउन्सिल नेपाल र रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीलाई ज्ञापनपत्र पठाएको हो।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीमा कार्यरत नेपाल प्रेस युनियन डोटी शाखा अध्यक्ष प्रकाशबहादुर बम, उपाध्यक्ष चक्र कुँवर र केन्द्रिय पार्षद सुनिता रावललाई बिनाकारण जागिरबाट निकालिनु रेडियो नेपालको इतिहास तथा पत्रकारिताको इतिहासमा सबैभन्दा दुःखदायी र आततायी घटनाको रूपमा लिएको भन्दै पुनर्वहालीको माग गर्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष भारतजर्घा मगर द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.