शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रदेश २ को पहिलो एबि मल संचालनमा
आश्वीन ५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असोज ५ - 
सिरहाको गोलबजार ६ मा नुन देखि सुन सम्म पाउने  प्रदेश २ को पहिलो एबी मल सिरहा सुपर मार्केट शनिबार देखि संचालनमा आएको छ । मलका संचालक जागीर अन्सारीको अध्यक्षता तथा संघीय सरकारका उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा मन्त्री यादवले रिवन र केक काटेर  उद्घाटन गर्दै आर्थिक प्रगति गर्न सुशासनको दुश्मन रहेको भ्रष्टाचार निर्मुल गर्न सरकार लागि परेको बताउनु भएको छ । स्थानीय व्यापारी व्यवसायीहरुले साझा उद्योग संचालन गरेर युवाहरुलाई समेत रोजगारी दिने अभियानमा लागेर सरकारले लिएको समृद्धिको यात्रामा सहयात्री बनौ सरकारले पूर्ण सुरक्षा र सम्मान दिन तयार रहेको मन्त्री यादवले बताउनुभयो ।प्रदेश २ को आठवटै जिल्लाहरु उद्योगधन्दा संचालनको लागि उपयुक्त रहेकोले रुघ्न उद्योगहरुको पुन:संचालन र नयाँउद्योग संचालन गर्ने तयारी गरिरहेको भन्दै व्यापार व्यवसायमा इमानदारी झल्किनैपर्ने उहाँले सुझाव दिनुभयो ।सिरहालाई औधोगिक करिडोरको रुपमा स्थापना गर्न लागि परेको विश्वास दिलाउनुभयो ।विदेशमा २४ वर्ष देखि ४ दाजुभाईले मेहनत र पसिना बगाएर कमाएको करोडौ रकमले  एबि मल संचालन गरेर सयौ युवाहरुलाई रोजगारी दिने जागीर अन्सारीको जीवनबाट सबैले पाठ सिक्नु पर्ने उहाँले तर्क गर्नुभयो ।

उद्घाट्न समारोहमा विशिष्ट अतिथिको आसन बाट बोल्दै  सिरहा ३ का संघीय सांसद लिलानाथ श्रेष्ठले संघीय सरकारका यातायात वयवस्था   तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योग , वाणिज्य तथा अपूर्तिमन्त्र मातृका प्रसाद यादवले सिरहाको विकास र समृद्धिको लागि सहयोग गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य जगत यादवले सुन्दर गोलबजार बनाउन एबि मलको संचालनले निकै महत्पूर्ण र गौरवको काम गरेकोले अन्य उद्योगी व्यवसायीको लागि समेत लगानी गर्न सहयोग पुर्याएको बताउनुभयो ।
गोलबजार नगरपालिका प्रमुख देवनाथ साहले गोलबजारमा उद्योग व्यापार संचालनका लागि माहोल बनिरहेको एबि मलको संचालनबाट पुष्टि भएको भन्दै व्यवसायीहरुको सुरक्षा र सम्मान दिन नगरपालिकाले सदैव सहयोग गर्ने विश्वास दिलाउनुभयो।
त्यस्तै उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवाल र उद्येग वाणिज्य संघ लहान सिरहाको अध्यक्ष अशोकलाल आमात्यले उद्योगीहरुले भोगिरहेको वैंकिग समस्या र सीमा क्षेत्रको समस्या समाधानको लागि सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो।

यसै बीच संस्कृतिक कार्यक्रम अन्तर्गत नेपाल आइडल तथा नेपालका चर्चित गायक निशान भट्टराईले आफ्ना चर्चित गीत ओइ भुन्टी , भिजिट भिसामा , नेपालका चर्चित गायिका एन्जिला रेग्मीले मेरो बिएफ़ छैन, बस बस रे , यस क्षेत्रका चर्चित मैथिली गायक सरोज सन्तले टुकुर टुकुर , बोतल मे चेस , सिरहा जिल्ला मे किल्ला त्यस्तै भोजपुरी गायक प्रमोद जख्मिले भैया के साली , ललिपप लागेलु लगायतका गित संगीत प्रस्तुत गर्दै त्यहा उपस्थित हजारौ दर्शकहरुलाई झुमाएका थिए , भने डान्सर पुजा जोशी र लक्ष्मी जोशीले आफ्नो कलाले सबलाई नाचन बाध्य बनाएका थिए। कार्यक्रमा स्वागत मन्तव्य राख्नु भएका एबि मलका सी ई ओ पिन्टु कुमार राउतले उपस्थित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनोले सम्मान गर्दै एबी मल सिरहा सुपर मार्केटको अवलोकन गर्नु हुने ५ हजार भन्दा बढी उपभोक्ताहरु लाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज रहेको थियो।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.