शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संङ्गोर द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
आश्वीन १९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असोज १९ - 
सिरहाको लहानमा संङ्गोर मिथिला नेपाल द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। संङ्गोर मिथिला नेपालका वर्तमान अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्षता, शास्त्रीय संगीतका स्रष्टा गुरुदेव कामतको प्रमुख आतिथ्य तथा संगीतकार अर्जुन प्रसाद गुप्ता दर्दिला, इतिहास विज्ञ तथा मिथिला अभियानी हिरा कर्ण , रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेखको विशिस्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संचारकर्मी लाल बिहारी यादव, महेश सिंह,एपेक्स एजुकेशनल एकेडमीका संचालक भारत साह, संगीतकार पारसमणि , गायक तथा संङ्गोर मिथिला नेपालका उपाध्यक्ष तेजु मैथिल , गायिका सोनी कुमारी लगायत संस्थामा आवध पदाधिकारीहरु सहित ३५ जनाको उपस्तिथी रहेको थियो । एपेक्स एजुकेशनल एकेडमीको हलमा भएको उक्त कार्यक्रमा मिथिलाका संस्कृति, मैथिलीभाषा संरक्षण ,सम्बर्धन र विकाशका बारेमा आ -आफ्नो विचार राख्दै विजया दशमी ,शुभ दिपाली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको उद्घोषण दिनेश रसियाले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष गायत्री सिंहले राखेकी थिइन् । कार्यक्रमा प्रमुख अतिथि कामतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.