शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मलको लक्की ड्रमा आले लाई स्कुटर
कार्तिक १०, २०७६ | फिरोज शेख

एबी मलको लक्की ड्र मा आले लाई स्कुटर

फिरोज शेख लहान २०७६ कार्तिक १० - 
प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा सुपर मार्केट गोलबजारले दशैँ ,तिहार र छठ पर्वको बम्पर धमाका अन्तर्गत एबी मलमा किनमेल गर्ने ग्राहक वर्गका लागि राखिएको स्कुटी लक्की ड्र पुरस्कार योजनामा श्याम आले लाई स्कुटी उपहार परेको छ। शुभ दिपावली , नेपाल सम्वत तथा छठ पर्व २०७६ को शुभकामना सहित वृहत साँस्कृत कार्यक्रमको आयोजना गरि उपस्थित दर्शकको सामुने एबी मल सिरहा सुपर मार्केटका संचालक जगिर अन्सारी , जफिर अन्सारी , प्रदेश २ का प्रदेश सभा सदस्य जगत यादव, मलका सीईओ पिन्टु कुमार राउत र रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको उपस्तिथिमा एक बालकको हात बाट लक्की ड्रको कुपन निकाल्दा सिरियल नम्बर ११३९ को भाग्यमानी ग्राहक गोलबजार नगरपालिका १ बल्डारा निवासी श्याम आले लाई २ लाख भन्दा बढी मुल्य पर्ने स्कुटी उपहार परेको हो।

कार्यक्रममा उपस्थित सुपर मार्केटका संचालक जगिर अन्सारी , जफिर अन्सारी , प्रदेश सभा सदस्य जगत यादव, मलका सीईओ पिन्टु कुमार राउतको हात बाट सामुहिक रुपमा श्याम आले लाई स्कुटरको साँचो हस्तान्तरण गरिएको छ। चाडवाडको अवसरमा बम्पर धमाका अन्तर्गत आफुनै भाग्यवानी ग्राहक बनेकोमा आले खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि नुन देखि सुन सम्म खरिद गर्नु परे आफु एबी मल बाटै खरिद गर्ने भन्दै अरुलाई पनि मल बाटै सामान खरिद गर्न आग्रह गरे। कार्यक्रममा मैथिली तथा नेपालि जगतका चर्चित कलाकारहरु गायक भागवत मण्डल , मोडल लाजिना सुवेदी, गायक सरोज सन्त , मोडल तथा डान्सर दिलिप मगर , अनु र दिनेश महराले आ -आफ्नो प्रस्तुतिले उपस्थित  सैयौ दर्शकहरुलाई भरिपूर्ण मनोरंजनका साथै नचाएका थिए भने कार्यक्रमको उद्घोषण निर्मल कुमार साहले गरेका थिए।  

यसै बीच  एबी मल सिरहा सुपर मार्केटको तेस्रो तल्लामा सनिबार बाटै एबी किचेन पनि संचालना आएको छ। एक कार्यक्रमका बीच अतिथिहरुको उपस्तिथिमा मलका संचालक जगिर अन्सारीका बुवा अजिज अन्सारीको हात बाट रिवन काटेर उद्घाटन गरिएको छ। एबी किचेनमा विभिन्न स्वादिष्ट नेपालि तथा कनटिनेंटल परिकारहरुको स्वाद लिन सकिनेछ।

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.