शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडा अध्यक्ष कपमा आयोजकको ह्याट्रिक
कार्तिक १४, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ कार्तिक १४  -
सिरहाको लहानमा वडा कार्यलय ८ को आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबाजर ६ र लहान सिटि जेसिसको सह-आयोजनामा आयोजित टि–२० क्रिकेट प्रतियोगिता अनतर्गत तेस्रो वडा अध्यक्ष कप २०७६ को उपाधि माथि पुनः आयोजक टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै विजय हुदै ह्याट्रिक गर्न सफल भएका छन्। तेस्रो वडा अध्यक्ष कप २०७६ अन्तर्गत बुधबार भएको अन्तिम तथा फाइनल खेलमा वडा नम्बर ७ लाई १४ रनले हराउदै तेस्रो पटक वडा नम्बर ८ ले उपाधि उचालन सफल भएका छन् । बुधबार सम्पन्न अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंगको निम्तो पाएका आयोजक वडा नम्बर ८ ले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४२ रनको सम्मान जनक योगफल तयार गर्दै वडा नम्बर ७ लाई १४३ रनको विजय लक्ष्य प्रस्तुत गरेका थिए। जसमा वडा नम्बर ८ को तर्फ बाट क्यापटन सुनिल चन्द्र देव , विकेट किपर तथा ब्याट्सम्यान राकेश कामैत ,अलराउण्डर अनिल शर्मा र राजन रौनियारले उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए। १४३ रनको विजय लक्ष्यका साथ् जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका वडा नम्बर ७ का केहि खिलाडीले राम्रो प्रदर्शन गरेपनि आफ्नो टिमलाई जित दिलाउन सकेन्न र १९ ओभर २ बल खेल्दै सम्पूर्ण विकेट गुमाई १२९ रनमा समेटिएका थिए।

यसै बीच वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोको अध्यक्षता तथा लहान नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा उपाधि विजेता टिम लाई २५ तोला चाँदीको शिल्ड, नगद १५ हजार,मेडल संगै प्रमाण पत्र प्रदान गरिएको छ भने उप-विजेता टिम लाई १५ तोला चाँदीको  शिल्ड सहित नगद १० हजार , मेडल र प्रमाण -पत्र प्रदान गरिएको छ। पुरस्कार वितरण कार्यक्रमा लहान ७ का वडा अध्यक्ष रोशन गुप्ता , लहान सिटि जेसिजका वर्तमान अध्यक्ष राजु मण्डल,  रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख , गौरब ट्याक्स कन्सल्टेन्सीका गौरब साह, सगरमाथा इन्सुरेन्सका कम्पनि लिमिटेड लहान शाखाका नरेशराज , नविन इन्टरप्राइजेजका गौरी महरा,एभरेष्ट कलेजका ललित महतो, सप्तऋषि  फिजोयोथेराफीका अरुण कुमार साह, मेडिकल क्षेत्रमा आवध मोहन सिंह लगायत विभिन्न संघ संस्था बाट आएका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।यस प्रतियोगितामा १,३,४,५,६,७,८,९,१७,१९,१८ र २१ ,२२,२३ वडा गरि १६ वटा टिम सहभागी भएका थिए।भने प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि लहान ८ र रेडियो सरगम ९३ मेगाहर्ज रहेको थियो।

यसै बीच वडा नम्बर ७ ले बुधबार एक कार्यक्रमका विच आफ्नो वडाका खिलाडीहरु लाई मनोवल बढाउन स्वागत तथा सम्मान गरेका छन्।वडा नम्बर ७ का अध्यक्ष रोशन गुप्ताको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा समाजवादी पार्टीका नगर अध्यक्ष दिनेश महतो, समाजवादी क्षेत्रीय कमिटि अध्यक्ष प्रयाग लाल यादव, लहान ८ का वडा अध्यक्ष विजय कुमार महतो,लहान सिटि जेसिजका अध्यक्ष राजु मण्डल , संचारकर्मी फिरोज शेख ,वडा सदस्यहरु आनन्द चौधरी,राम बाबु महतो लगायतको उपस्तिथिमा क्यापटन विक्की साह,अर्जुन साह,कृष्णा साह , अभिषेक गुप्ता,ओमकार यादव,उदय शंकर यादव,धिरज श्रेष्ठ,निरज श्रेष्ठ ,समिर श्रेष्ठ,विक्रान्त साह,विक्रम साह,अजय सदाय ,करण सदाय र साहिल लाई खादा र टिका लगाएर सम्मान गरेका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.