फिरोज शेख लहान २०७६ कार्तिक २८ -
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ सिरहाका सहसंयोजक आशानन्द यादवले नेपालको भुमि एक इन्च पनि मिच्न नदिने बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल नगर कार्य समिति लहान सिरहाको आयोजनामा आयोजित शुभकामना तथा बधाई कार्यक्रमा सहसंयोजक यादवले यस्तो बताएका हुन् । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले तोकेको सिरहा जिल्लाका सह संयोजक तोकेका यादव लाई बधाई तथा शुभकामना दिनका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल नगर कार्य समिति लहानका अध्यक्ष निजाम अन्सारीले जानकारी दिए। कार्यक्रमा सहसंयोजक यादवले नेपालको लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई भारतले आफ्नो नक्सा भन्दै सार्वजनिक गर्नु भनेको नेपाल प्रति भारतीय रवैया ठिक नभएको भन्दै बिरोध गर्दै भारत सरकारले नेपाली भुभागलाई आफ्नो नक्सामा राख्ने कार्य सच्याउन माग गरेका छन्। नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र अरुको पनि एक ईन्च भुमी नमिच्ने भन्दै राष्ट्रियताको मुद्धामा सबै लाई एकै ठाउँमा उभिन आग्रह गर्दै कार्यक्रमा सहभागी सम्पूर्ण युवाहरुलाई संगठित भई देशको उन्नति ,प्रगति र समृद्धि तर्फ अग्रसर हुन् आग्रह गदै युवा संघ सिरहामा आवद्ध युवाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि आफु सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसै बीच कार्यक्रममा सहभागी युवाहरुले सहसंयोजक आशानन्द यादवलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिंदै नेपालि भुमि फिर्ता गराउन सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताए। सीमा मिच्ने प्रवित्तिको चर्को विरोध गर्दै उनीहरुले अब युवा संघ आफ्नो मातृभुमी रक्षाको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्ने बताए। राष्ट्रिय युवा संघ नेपालले सिरहा संयोजकमा युवा संघ नेपालका तर्फ बाट राजेश यादव लाई तोकेको छ, भने सहसंयोजक वाईसीएलका तर्फबाट आशानन्द यादवले पाएका छन्।संयोजक राजेश यादव जिल्लामा उपस्थित नभएको हुँदा सहसंयोजक यादवलाई मात्र कार्यक्रमा शुभकामना तथा बधाई ज्ञापन गरिएको नगर अध्यक्ष अन्सारीले जानकारी दिए ।