शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुई वटा अमेरिकन पेस्तोल र म्यागजिन सहित एक पक्राउ
मंसिर ५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर ५ - 
सिरहा प्रहरीले दुई वटा अमेरिकन पेस्तोल र म्यागजिन सहित एक युवकलाई पक्राउ गरेको छ। सिरहा कल्याणपुर नगरपालिका ३ इटारी पर्साही बस्ने नथुनी मियाँको छोरा अन्दाजी वर्ष २१ को अहमद मियाँलाई बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा दुई वटा पेस्तोल सहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताउनुभयो। प्रहरी प्रमुख चतुर्वेदीका अनुसार बुधबार मध्यराति गस्तीमा निस्केको प्रहरी टोलीले उनलाई MADE IN U.S.A. 7 MM लेखेको पेस्तोल एउटा र त्यसमा प्रयोग हुने खाली म्यागजिन १ थान त्यस्तै मियाले प्रहरी टोलीलाई देखी नजिकै रहेको धान खेतमा फालेको FETRI BRATA U.S.A.9 MM लेखेको पेस्तोल र खाली म्यागजिन समेत गरी जम्मा २ थान पेस्तोल र २ थान म्यागजिनहरु सहित पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको बताउनुभयो। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.