शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आर्थिक अभाव र विपन्नका सहारा बन्दै डा. शर्मा
मंसिर ८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर ८ - 
समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका नोवेल अस्पतालका सञ्चालक डा।सुनिल शर्माले विभिन्न स्थानबाट हजारौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराउदै आइरहेका छन्। गरीबीका कारण पैसाको अभावमा थलिएर बसेका सिरहा लहान नगरपालिका वडा नम्वर ८ का २७ वर्षीय सन्तोष महतो लाई शनिबार निःशुल्क उपचारका लागि डा।शर्माले नोवेल अस्पतालमा भर्ना गरेका छन्।  महतोको बया खुट्टाको तिघ्रामा घाउ निस्केर कुहिएर मासु झरिरहेको भयाभय अवस्थामा पुगेको छ। महतो करिब ६ महिना देखि उपचार गराउदै आइरहे पनि  आर्थिक अभावका कारण धरान तथा भरतपुर जस्ता नाम चलेका हस्पिटलले उपचार हुन् नसक्ने भनि जवाफ दिसकेको कारण उहा घरमे मृत्यु कुरेर बसिरहेको अवस्थामा आर्थिक रुपमा विपन्न महतो थलिएको थाहा पाएपछि लहान अस्पतालमा कार्यरत डाक्टर बृजेंद्र कुमार साहको सहयोगमा नोवेल अस्पताल सग समपर्क गरेर उपचारका लागि आफै एम्वुलेन्स भाडा गरि नोवेल अस्पताल पुगेर सबै प्रक्रियाहरु मिलाएको वडा नम्वर ८ का वडा अध्यक्ष विजय कुमार महतोले बताए। वडा अध्यक्ष महतोका अनुसार आफ्नो वडाको आर्थिक अवस्था कमजोर भएका तथा विपन्न विरामी नोवेल अस्पतालमा उपचारका लागि जान चहेमा आफ्नो तर्फवाट एम्वुलेन्स ईन्धन निशुल्क उपलव्ध गराउने प्रतिवद्धता समेत जाहेर गरेका छन्।

कुनैपनि बिरामीले आर्थिक अभावकै कारण अकालमै मृत्युवरण गर्न नपरोस भनेर विपन्न परिवारको अस्पतालले निशुल्क उपचार गर्दै आएको डा।सुनिल शर्माको भनाई छ । सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ । अहिले डा। शर्माका कारण सिरहा लगायत पूर्वान्चलका बिभिन्न स्थानका सर्वसाधरणले निःशुल्क उपचार पाउँन थाले पछि विपन्न र आर्थिक अभावका कारण उपचार नपाएका रोगीहरुका लागि डाक्टर शर्मा सहारा बन्दै गइरहेको लहान अस्पतालमा कार्यरत डाक्टर बृजेंद्र कुमार साह बताउछन। करिब एक महिना अघि डाक्टर साहकै सहयोगमा लहान ३ मा खुट्टाको हड्डी पूर्ण रुपमा भाचिएर घुडा भन्दा मुनिको भाग छालाको भरमा झुन्डिरहेको वेवारिसे अवस्थामा फेला परेका ४० वर्षीय पुरुषको लहान बाट उद्धार गरिएको थियो। हाल उक्त विरामीको पनि डा।सुनिल शर्माको रोहवरमा नोवेल अस्पतालमा नि:शुल्क उपचार भइरहेको छ।  समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा।शर्माले यसअघि पनि हजारौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराईसकेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.