शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु
मंसिर ९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर ९ - 
सिरहामा २८ औ महिला हिंसा विरुद्धको १६ दिने अभियान सोमबार देखि शुरु भएको छ ।ओरेक नेपाल सिरहाले २८ औ महिला हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रमहरु सार्वजनिक गरेको छ । समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता भन्ने राष्ट्रिय नारा र ओरेन्ज द वल्र्ड,जेनेरेशन ईक्वालिटी स्टेण्ड एगेन्स्ट रेप भन्ने अन्तर्रा्ष्ट्रिय नारा सहित ओरेक नेपाल सिरहाले विभिन्न सरकारी तथा गैरसरकारी सस्थासंग सहकार्य गरेर यो बर्षको १६ दिने अभियान मनाउन लागेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
 
महिला माथि हुने हिंसा मानव अधिकार हनन्को सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहि अनुरुप कार्य गर्न देश तथा संयुक्त राष्ट्रसंघीय निकायहरुलाई आह्वान गर्ने उद्देश्यले यो अभियान अन्तर्गत २५ नोभेम्बर–महिला हिंसा विरुद्धको दिवस देखि १० डिसेम्बर–मानव अधिकार दिवससम्म समुदाय देखि सबै तहसम्म विभिन्न अभियानमुलक कार्यक्रमहरु सञ्चालन गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।
 
नोभेम्बर २५ मा महिला हिंसा विरुद्धको दिवस,नोभेम्बर २९ मा महिला मानव अधिकार रक्षक दिवस, डिसेम्बर १ मा विश्व एड्स दिवस, डिसेम्बर २ अन्तराष्ट्रिय दासता उन्मूलन दिवस, डिसेम्बर ३ मा विश्व अपाङ्गता दिवस, डिसेम्बर  ५ मा विश्व स्वयंसेवक दिवस,डिसेम्बर ६ मा महिलाशहिदहरुको सम्मानदिवस र डिसेम्बर १० मा अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवस लगायतका कार्यक्रम गरी कार्यक्रम समापन गरिने मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाका संयोजक श्याम कुमारी साहले जानकारी दिनुभयो।साहले यो अभियान सबैको साझा अभियान भएकाले सबै संघ-सस्था सन्चार माध्यम र व्यक्तिले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आवहान समेत गर्नु भएको छ । 
 
ओरेक नेपालले अभिलेखिकरण गरेको तथ्याँक अनुसार गत ५ बर्ष (२०७२ देखि २०७६ सम्म) मा ७ हजार ९ सय १३ जना महिलामाथि विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ ।यस वर्ष (२०७५/०७६) को तथ्याकंले १ सय ४३ जना महिला तथा बालिकामाथि बलात्कार भएको देखाएको छ । नेपाल प्रहरीको २०७५/०७६ को तथ्याँक अनुसार एक वर्षमा १४ हजार ७ सय ७४ घरेलु हिंसा, २ हजार २ सय ३० जना महिला तथा बालिकामाथि बलात्कार, ७ सय ८६ जनामाथि बलात्कारको प्रयास, २ सय ५८ जनालाई बेचविखन गरिएको र ४६ जना महिलामाथि बोक्सीको आरोपमा हिंसा भएको पाइएको छ । प्रहरीको तथ्याकंलाई आधार मान्ने हो भने प्रत्येक दिन ६ भन्दा बढी महिला तथा बालिकाहरुमाथि बलात्कार हुने तथ्य बाहिर आएको छ ।
 
यसै बीच ओरेक नेपाल, मुक्ति नेपाल समक्ष आइपुगेको सुचनाको आधारमा २०१९ जनवरी १ देखि नोभेम्बर २२ सम्ममा सिरहा जिल्ला भित्र १ सय २२ वटा  महिला हिंसाका घटनाहरु भएका छन्। जसमा घरेलु हिँसाका घटना ५४ वटा ( कुटपिट, गालिगलौज, घरबाट बाहिर निकालेको, खानलाउन नदिएको, नागकिरता नबाइदिइको, विवाह दर्ता नगरिदिएको, दाइजोको कारण,(१६ देखि ५० वर्ष उमेर समूहका महिला) , 
बलात्कार ९ वटा ( अधिकांश नातेदार, छिमेकी, साथी भाइ तथा परिचित व्यक्तिहरुबाट (८ महिने बालिका देखि ३५ वर्ष सम्मको महिला सम्म),
बलात्कारको प्रयास ८ वटा ( अधिकांश बालिका रहेको र नातेदार, छिमेकी, साथी भाइ तथा परिचित व्यक्तिहरुबाट बलात्कारको प्रयास भएको (  एक ४ वर्षे बालिका),
आत्महत्या ७ वटा हत्यापछि आत्महत्याको स्वरुप दिइएको भनि माइती पक्षको भनाई र मुद्दा दर्ता, हत्या ४ वटा दहेजका कारण हत्या गरेको र पछि आत्महत्याको स्वरुप दिइएको भनि माइती पक्षको भनाई र मुद्दा दर्ता ,
आत्महत्याको प्रयास ३ ,बालविवाह ४ , कुटपिट २५ वटा जसमा १७ वटा छिमेकीहरु संग  झगडा गरी कुटपिट भएको छ भने ८ वटा आफन्तहरु व्यक्तिगत रिसिबि र लेनदेनका कारण कुटपिट गरेका छन् ।
 बहुबिवाह ३ , ज्यान मार्ने धम्की २, साइबर क्राइम २ वटा विबाहित महिलालाई पुर्व प्रेमीद्धारा समाजिक संजालमा अश्लिल तस्विर राखेर सम्बन्ध बिगार्न खोजेको  र मानव बेचविखन १ गरि १ सय २२ वटा महिला हिंसाका घटना भएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
 
यसै बीच सिरहा जिल्ला अदालतमा एक वर्षमा ८ वटा मुदा फैसला भइसकेको छ । हाल सम्म १६ वटा मुदा संचालनमा रहेको छ ।  
सफल मुद्दा संख्या ः ७ , असफल मुद्दा संख्या ः १, विचाराधिन मुद्दा संख्या ः १६ (साधारण तारिख) 
 
जस मध्ये साधारण तारिखमा रहेको मुदाहरु निम्नलिखित छन् ।घरेलु हिंसा ः ३ , माना चामल ः ३ , सम्बन्ध विच्छेद ः २, अंश वंडा ः ४ ,
अंश वंडा वदर ः २ , जालसाजका मुद्दा २ वटा रहेका छन। त्यस्तै ओरेक नेपाल परियोजना कार्यालयमा जनवरी १ देखि नोभेम्वर २३ सम्म श्रीमतिबाट पिडित श्रीमानको ४ वटा घटना आएकोमा मनोपरामर्श गरेर पठाएको जनाइएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.