शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुलमा मदरल्याण्ड र पशुपति विजय
मंसिर १०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १० - 
सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न २ खेलमा मदरल्याण्ड स्कुल र पशुपति आदर्श स्कुल विजय भएका छन् । प्रतियोगिता अन्तर्गत मदरल्याण्ड स्कुल र ग्लोवल एकेडमी स्कुल बीच सम्पन्न पहिलो खेलमा मदरल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेका थिए । मदरल्याण्डका लागि शुभाष यादवले ४१ बलमा ४२ रन,साहील साह ३८ बलमा ३४ रन र जगदिस शर्माले २० बलमा १९ रनको योगदान दिएका थिए । भने बलिङ्ग तर्फ ग्लोवलका करण यादवले ४ ओभरमा २६ रन खर्चेर २ विकेट , मोहम्मद अजाद खान ४ ओभरमा १ विकेटी लिएर २६ रन र अजय मण्डल ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिन सफल भएका थिए ।

यसै बीच १४७ रनको लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उतेरेका ग्लोवल एकेडमी १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउदै ११९ रनमा समेटिएको थियो । ग्लोवल एकेडमीका लागि मोहम्मद शुबहान खान ३२ बलमा ३७ रन , करण यादव १८ बलमा २३ रन ,अजय मण्डल १४ बलमा ९ रन बनाएपनि आफ्नो टिमलाई ओरालो लगाउन सकेन्न र २७ रनले पराजित भए। ग्लोवल एकेडमी लाई ११९ मा समेट्न मदरल्याण्डका लागि साहिल साहले ४ ओभरमा २७ रन दिएर ३ विकेट , नरेश यादव ४ ओभरमा १७ रन खर्चेर १७ रन र दिपक यादव २ ओभर १ बलमा ३ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेको मदरल्याण्डका साहिल साह म्यान अफ द घोषित भए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत सोमबार पशुपति आदर्श स्कुल र गुरुकुल पाठशाला स्कुल बीच सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै १४ ओभर ४ बलमा सबै विकेट गुमाउदै सम्मान जनक ९० रन बनाएको थियो। पशुपति स्कुलका लागि बिबेक मण्डल , राजा खान र अफताब खानले सम्मान १३ /१३ रनको योगदान दिएका थिए। गुरुकुल पाठशालाको तर्फ बाट दिपेश यादव २ विकेट,आनन्द यादव ३ विकेट र रघु मण्डलले बलिङ्ग गर्दै २ विकेट लिएका थिए ।

 ९१ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका गुरुकुल पाठशालाका खिलाडीहरु पशुपति स्कुलका उत्कृष्ट बलिङ्ग सामु निरिह हुदै ६ ओभर ३ बलमा सबै विकेट गुमाउदै ३५ रनमै समेटिएका थिए । गुरुकुल पाठशालाका तर्फ बाट मिश्वा आलम  १० रन , दिपेश यादव ७ रन र अम्बेध यादव ४ रन बनाउनु बाहेक कुनै खिलाडिले राम्रो प्रदर्शन गर्न सकेन्न। पशुपति स्कुलको तर्फ बाट अफताब खान ३ ओभर ३ बलमा २१ रन खर्चेर ६ विकेट र शिव मण्डल ३ ओभरमा १४ रन खर्चेर ४ विकेट लिदै उत्कृष्ट बलिङ्ग गर्दै आफ्नो टिमलाई ५५ रनले विजय गराए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका पशुपति स्कुलका अफताब आलम म्यान अफ द म्याच घोषित भए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.