शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बाट लागु औषध सहित २ पक्राउ
मंसिर १३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १३ - 
ईलाका प्रहरी कार्यलय लहानले लहान नगरपालिका ७ गणेश चौकमा लागु औषध सहित २ जना लाई पक्राउ गरेका छन्। अवैध लागूऔषध न्यूनीकरण, सेवनबाट हुने असर र यसको कारोबार नियन्त्रणका लागि विभिन्न चेतनामुलक अभियानहरु संचालमा रहेपनि लागू औषधको कारोबार र दुव्र्यसनीको संख्या भने घट्न सकेको छैन। नेपालमा प्रतिबन्धित लागू औषधहरू भारतका सीमावर्ती बजारहरूमा खुलमखुला रूपमा खरिदबिक्री हुनु र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई टाउको दुखाइ बनेको छ । जसका कारण सिरहाको लहान, ठाडी , नवराजपुर , बरियारपट्टीलगायत सीमाका बजार लागूऔषध सेवनकर्ता र कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ ।भरतीय सीमावर्ती विभिन्न बजार क्षेत्रका केही किराना, औषधि पसल तथा झुपडीहरूमा अरू औषधिसरह सहजरूपमा प्रतिवन्धित लागूऔषध पाइने गरेको यसको अध्ययनमा संलग्न विज्ञहरूको भनाइ छ । यसबाट सेवनकर्ताको संख्यामा वृद्धि भई स्थानीयस्तरमा आपराधिक मनोवृत्ति हाबी हुँदै गएको उनीहरूको भनाइ छ ।

देखासिकीमा लागूऔषधको कुलतमा फस्नेमा अधिकांश स्कुले विधार्थीहरू छन् । ‘सुरुमा चुरोटबाट धूमपान मद्यपान कुलतमा फस्ने स्कुले बालबालिकाहरू पछि देखासिकीमा जटिल प्रकारका टयाबलेट र इन्जेक्सन सेवनकर्ता बन्ने गरेको पाइएको छ। जिल्लामा सानातिना चोरी लगायत आपराधिक घटना हुनुमा लागूऔषध प्रयोग पनि कारक हो। सीमावर्ती ठाडी बजारलगायत लहान र मिर्चैयामा लागूऔषधको सेवन गर्न उदयपुरको कटारी र गाईघाट तथा पुर्व र पश्चिमका अन्य जिल्लाबाट पनि दुव्र्यसनीहरू आउने गरेका छन् । उदयपुरको पहाडी क्षेत्रबाट गाँजा र भारतीय सीमावर्ती क्षेत्रबाट लागूऔषध भित्रिने गरेका कारण यसको रोकथाम, नियन्त्रण र दुव्र्यसनी न्यूनीकरणमा प्रहरीसँगै समुदाय पनि सक्रिय हुनुपर्ने सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्वेदी बताउँछन्। यसै बीच लहान नगरपालिका ७ गणेश चौकमा ईलाका प्रहरी कार्यलय लहान सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा जिल्ला सिरहा लहान नगरपालिका ७ बस्ने वर्ष ३५ को संजय कुमार साह र सोहि ठाउँ बस्ने वर्ष ३४ को रघुनन्दन साहको साथबाट नोफिन ८ एम्पुल,डाईजिल्याप ९ एम्पुल र फेनारगन ७  एम्पुल गरी जम्मा २४ एम्पुल  फेला पारी दुवै जना लाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यलय लहान सिरहामा ल्याई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो।
 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.