शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुलमा शारदा र प्यारागन विजय
मंसिर १४, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १४ -
सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न २ खेलमा शारदा नमुना स्कुल र प्यारागन पुब्लिक स्कुल विजय भएका छन् । प्रतियोगिता अन्तर्गत पशुपति स्कुल र शारदा स्कुल बीच सम्पन्न पहिलो खेलमा शारदा स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४२ रनको योगफल तयार गर्न सफल भएका थिए।  

शारदा लाई १४२ रनको लक्ष्य सम्म पुर्याउन नबिन यादव ३९ बलमा ४२ रन, आशिष झा ३० बलमा २६ रन र सोनु साह २२ बलमा २१ रनको योगदान दिएका थिए । भने बलिङ्ग तर्फ पशुपति स्कुलका रबिन ठाकुर ४ ओभरमा २६ रन खर्चेर ४ विकेट , अफताब खान ४ ओभरमा ३  विकेट लिएर १३ रन र शिव मण्डल ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

यसै बीच १४३ रनको लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उतेरेका पशुपति स्कुलले १५ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउदै ९६ रनमा समेटिएको थियो । पशुपति स्कुलका लागि धिरज १८ रन , राजा खान १३ रन ,सुरज चौधरी १३ रन बनाउनु बाहेक कुनै पनि खिलाडिले राम्रो प्रदर्शन गर्न सकेन्न र ४६ रनले पराजित भए। पशुपति स्कुल लाई ९६ रनमा समेट्न शारदाका सोनु साहले ४ विकेट , नबिन यादव २ विकेट र अजित साह २ विकेट लिन सफल भएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको शारदा स्कुलका नबिन यादव म्यान अफ द म्याच घोषित भएको स्कोरर काशिंद्र दासले जानकारी दिए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र सुमित चन्द्रदेव रहेका थिए।

त्यस्तै प्रतियोगिता अन्तर्गत शुक्रबार प्रिन्सटन स्कुल र प्यारागन पुब्लिक स्कुल बीच सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै प्रिन्सटन स्कुलले १० ओभरमा सबै विकेट गुमाउदै ४५ रन बनाएको थियो। प्रिन्सटन स्कुलका लागि संजय मण्डल १७ रन , अमित यादव ५ रन र मदन शर्मा ५ रनको योगदान दिएका थिए। प्यारागन स्कुलको तर्फ बाट ललित रजक ४ विकेट ,बरुण चौधरी ३ विकेट,शुभाष यादव ३ विकेट लिएका थिए ।

 ४६ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका प्यारागन स्कुलका खिलाडीहरुले ३ ओभर ५ बलमा राम्रो प्रदर्शन गर्दै २ विकेटको क्षतिमा ४८  रन बनाउदै विजय भएका थिए।  प्यारागन स्कुलका तर्फ बाट बरुण चौधरी १३ रन ,आभाष यादव १० रन र ललित रजकले १० रन बनाउदै प्यारागन लाई ८ विकेटले विजय बनाए । प्रिन्सटन स्कुलको तर्फ बाट जितु साहले मात्र २ विकेट लिन सफल भएका थिए ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्यारागन स्कुलका ललित रजक म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा संजय चौधरी र देवेन्द्र साह रहेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.