शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुलमा हिमालयन र शारदा स्कुल विजय
मंसिर १५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १५ -
सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न २ खेलमा हिमालयन विधा निकेतन स्कुल र शारदा नमुना स्कुल विजय भएका छन् । प्रतियोगिता अन्तर्गत मदरल्याण्ड स्कुल र हिमालयन स्कुल बीच सम्पन्न पहिलो खेलमा मदरल्याण्ड स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै ८ ओभर ३ बलमा सबै विकेट गुमाउदै मात्र ४५ रनको योगफल तयार गरेका थिए।

मदरल्याण्डका लागि दिपक यादव ९ बलमा १३ रन, जगदीश शर्मा ११ बलमा १२ रन र अजय साह १५ बलमा ८ रन बनाउनु बाहेक कुनै पनि खिलाडिले राम्रो प्रदर्शन गर्न सकेनन । मदरल्याण्ड ४५ रनमा समेट्न बलिङ्ग तर्फ हिमालयन स्कुलका साहिल  महतो २ ओभरमा ५ रन खर्चेर ४ विकेट , मिथिलेश यादव २ ओभर ३ बलमा २ विकेट लिएर १३ रन र कृष्णा साह २ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

यसै बीच ४६ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उतेरेका हिमालयन स्कुलले ८ ओभरमा ५ विकेट गुमाई ४६ रन बनाउदै ५ विकेटले विजय भएका छन्।  हिमालयन स्कुलका लागि रोशन चौधरी ९ बलमा १२ रन , हर्षित सोनी ३१ बलमा ९ रन र मिथिलेश यादवले ७  बलमा ५ रन बनाउदै हिमालयन स्कुल लाई ५ विकेटले विजय यात्रा गराएका छन्।  बलिङ्ग तर्फ मदरल्याण्ड स्कुलका साहिल साह ४ ओभरमा ११ रङ खर्चेर २ विकेट , दिपक यादव ३ ओभरमा २२ रङ खर्चेर २ विकेट र नरेश यादव १ ओभरमा ९ रङ खर्चेर १ विकेट लिन सफल भएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको हिमालयन स्कुलका साहिल महतो म्यान अफ द म्याच घोषित भएको स्कोरर काशिंद्र दासले जानकारी दिए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र देवेन्द्र साह रहेका थिए,भने म्याच रेफ्री सुमित चन्द्रदेव , स्कोरर काशिंद्र दास , कमनटेटर राधे मण्डल ,अजय मण्डल रहेका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत शनिबारनै सम्पन्न गुरुकुल पाठशाला स्कुल र श्री शारदा नमुना स्कुल बीच सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै गुरुकुल पाठशाला स्कुलले १३ ओभर ५ बलमा सबै विकेट गुमाउदै मात्र  ४४ रनमै समेटिएको थियो। गुरुकुल स्कुलका लागि प्रविन  महतो २६ बलमा १५ रन , दिपक यादव १० बलमा ८ रन र अम्बेध यादवले १७ बलमा ५ रनको योगदान दिएका थिए। गुरुकुललाई ४४ रनमा रोक्न शारदा स्कुलको तर्फ बाट नविन यादव ४ ओभरमा १५ रन दिएर ४ विकेट ,अजित साह ४ ओभरमा ९ रन दिएर २ विकेट र रोशन यादव ३ ओभरमा ८ रन दिएर २ विकेट लिएका थिए ।

 यसै बीच ४५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका शारदा स्कुलका खिलाडीहरुले ५ ओभर ३ बलमा राम्रो प्रदर्शन गर्दै ४ विकेटको क्षतिमा ४५ रन बनाउदै विजय भएका छन्। शारदा स्कुलका तर्फ बाट नट आउट रही आशिष झा ६ बलमा १३ रन , मनिष चौधरी ८ बलमा ९ रन र अरविन्द यादव ११ बलमा आउट हुदै ९ रन बनाई शारदा स्कुललाई ६ विकेटले विजय बनाएका बनाएका छन्। गुरुकुल स्कुलको तर्फ बाट दिपेश यादव २ ओभरमा १९ रन दिएर २ विकेट , आनन्द यादव १ ओभर ३ बलमा १२ रन दिएर २ विकेट र रघु मण्डल १ ओभरमा ५ रन दिएका थिए ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका शारदा स्कुलका नविन यादव म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा देवेन्द्र साह रसुमित चन्द्र देव रहेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.