शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
२८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
मंसिर १७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १७ - 
आज विश्वभर ''दिगो विकासको लक्ष्य, : अपाङ्गता मैत्री भविष्य'' भन्ने मूल नाराका साथ २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ। यसै बीच सिरहाको लहानमा पनि २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । अपाङ्ग पुनर्स्थापन केन्द्र लहान सिरहाको आयोजनमा विहान १० बजेर ३० मिनेटमा पशुपति आदर्श मावि देखि राम मन्दिर सम्म र्याली प्रदर्शन,दिनको १२ बजे राम मन्दिरको प्रांगणमा अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रम हुने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन तथा बैङ्कका अनुसार विश्वमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिसहरू अपाङ्गताको अवस्थामा बाचिरहेको एक तथ्याङ्कले देखाएको छ ।

नेपालको जनगणना २०६८ को तथ्याङ्कका आधारमा सुदूरपश्चिम प्रदेशमा २ दशमलब ५ प्रतिशत अर्थात् ६३ हजार ६२५ जनामा विभिन्न प्रकारका अपाङ्गता देखिएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर विष्टले बताए ।नेपालमा अपाङ्गताको समयमै पहिचान गर्ने विधि,प्रणाली र प्रविधि क्षमताको अत्यन्त कमजोर रहेको जनाएको छ। हरेक डिसेम्बर ३ तारीकमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सिरहाको लहानमा पनि सडक नाटक ,  ¥याली , अन्तरक्रिया जस्ता कार्यक्रमको आयोजना भइरहेको अपाङ्ग पुनर्स्थापन केन्द्र लहान सिरहाका अध्यक्ष संजय अग्रवालले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.