शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुलको फाइनलमा शारदा र मनकामना भिडदै
मंसिर १८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १८ - 
सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न  सेमिफाइनल अन्तर्गत २ खेलमा श्री शारदा नमुना स्कुल र लहान मनोकामना स्कुल विजय हुदै फाइनलमा भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत हिमालयन विधा निकेतन स्कुल र श्री शारदा नमुना स्कुल  बीच सम्पन्न पहिलो सेमी फाइनल खेलमा हिमालयन स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै १६ ओभर २ बलमा सबै विकेट गुमाउदै ६१ रन बनाएका थिए।

हिमालयनका लागि रुपेश यादव २७ बलमा १६ रन, मिथिलेश यादव ३१ बलमा १३ रन र रोशन चौधरीले ८ बलमा ११ रन बनाएका थिए। बलिङ्ग तर्फ शारदा बाट नबिन यादव ३ ओभर २ बलमा ९ रन खर्चेर ३ विकेट, अजित साह ४ ओभरमा १५ रन खर्चेर ३ विकेट र सर्विन यादव ४ ओभरमा १० रन खर्चेर २ विकेट लिदै हिमालयन लाई ६१ रनमा अल आउट गर्न सफल भए।

यसै बीच ६२ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका शारदा स्कुलका खिलाडिहरुले ११ ओभर ३ बलमा ५ विकेट गुमाई ६२ रन बनाउदै हिमालयन स्कुललाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन। शारदा स्कुलका लागि नबिन यादव १३ बलमा १९ रन , आशिष झा २० बलमा १६ रन नट आउट र इन्दिप यादवको ११ बलमा ११ रनको यागदानका साथै अन्य अतिरिक्त रनको मद्दतले शारदा ५ विकेटले विजय भए । बलिङ्ग तर्फ हिमालयन स्कुलका मिथिलेश यादव ४ ओभरमा २२ रन दिएर ३ विकेट , रुपेश यादव १ ओभरमा ६ रन दिएर १ विकेट र हर्षित सोनी २ ओभर ३ बलमा १४ रन खर्चेर १ विकेट लिएर चित्त बुझाए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको श्री शारदा स्कुलका नविन यादव म्यान अफ द म्याच घोषित भए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र देवेन्द्र साह रहेका थिए।

त्यस्तै प्रतियोगिता अन्तर्गत सोमबार नै सम्पन्न बेबी एन्जल स्कुल र लहान मनकामना स्कुल बीच सम्पन्न दोस्रो सेमी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै बेबी एन्जल स्कुलले १९ ओभर २ बलमा अल आउट हुदै सम्मानजनक ९४ रन बनाएका थिए । बेबी एन्जल स्कुलका लागि पप्पु यादव ४९ बलमा ३८ रन, बबी यादव ३५ बलमा १४ रन , चन्द्रकान्त कामैतले ३ बलमा ४ रनको योगदान दिएका थिए। यता मनकामना  स्कुलको तर्फ बाट संजिव दास ५ ओभरमा ५ रन दिएर ४ विकेट ,शिशिर चौधरी ३ ओभर २ बलमा ८ रन खर्चेर ४ विकेट र अभिषेक साहले ३ ओभरमा ११ रन दिएर १ विकेट लिएका थिए ।

यसै बीच ९५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका मनकामना स्कुलका खिलाडीहरुले १४ ओभर ४ बलमा ४ विकेटको क्षतिमा ९६ रन बनाउदै ६ विकेटले विजय लक्ष्य फेला पार्दै फाइनलमा शारदा संग भिड्ने भएका छन्। मनकामना स्कुलका तर्फ बाट अभिषेक साह ५६ बलमा हापसेंचुरी बनाउदै ६१ रनको योगदान दिए भने ,ऋतिक पासवान ५ रन र तलिफ़ खान २ रन बनाएका थिए। बलिङ्ग तर्फ बेबी एन्जल स्कुलका पप्पु यादव २ ओभर ४ बलमा १६ रन ,कमल यादव ३ ओभरमा १६ रन खर्चेर १ विकेट र कामेश्वर मुखिया २ ओभरमा २२ रन खर्चेर १ विकेट लिएका थिए ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनकामना स्कुलका अभिषेक साह म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा सुमित चन्द्र देव र संजय चौधरी रहेका थिए।

प्रतियोगिता अन्तर्गतको फाइनल खेल २०७६ मंसिर १९ गते विहिबार विहान ११ बजे देखि हुने आयोजकले जनाएका छन् । फाइनलमा श्री शारदा स्कुल र लहान मनकामना स्कुल आमुने -सामुने हुने छन्। प्रतियोगितामा विजेता हुने स्कुललाई नगद रु, २५ हजार ,शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने छन् ,भने उप-विजेता स्कुललाई नगद रु,१५ हजार , शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने आयोजक लहान क्रिकेट क्लवका अध्यक्ष  राकेश अधिकारीले जानकारी दिए। लहानमा अवस्थित पशुपति आदर्श माविको प्रांगणमा आयोजना भईरहेको प्रतियोगितामा प्रत्येक म्यान अफ द म्याच भएका खिलाडी लाई एक जोर स्पोर्ट शु , त्यस्तै बेष्ट ब्याट्सम्यान , बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डर लाई एबी मलको तर्फ बाट ३ हजारको सपिङ्ग भाउचर र म्यान अफ द सिरिज हुने खिलाडी लाई ५ हजारको सपिङ्ग भाउचर प्रदान गरिने प्रतियोगिताका संयोजक सुमित चन्द्रदेवले जानकारी दिएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.