शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा पनि २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मंसिर १८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १८ - 
मंगलबार विश्वभर ''दिगो विकासको लक्ष्य, : अपाङ्गता मैत्री भविष्य'' भन्ने मूल नाराका साथ २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइरह्दा विभिन्न कार्यक्रमको आयोजना गरी सिरहाको लहानमा पनि २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । अपाङ्ग पुनर्स्थापन केन्द्र लहान सिरहाको आयोजनमा पशुपति आदर्श मावि देखि राम मन्दिर सम्म र्याली प्रदर्शन, लहान ७ मा अवस्थित राम मन्दिरको प्रांगणमा घरेलु तथा लैङ्गिक हिँसा न्यूनीकरण विषयक अन्तरक्रिया तथा रक्तदान कार्यक्रम गरि २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ। अपाङ्ग पुनर्स्थापन केन्द्र लहान सिरहाका उपाध्यक्ष शम्भु यादव नेपालिको अध्यक्षता तथा लहान नगरपालिका वडा ६ का अध्यक्ष अरुण केसीको प्रमुख अध्यक्षतामा सम्पन्न घरेलु तथा लैङ्गिक हिँसा न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यलय लहानका इन्स्पेक्टर सुमित कुशवाहा , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख , महिला तथा वालवालिका शाखाकी सुनिता साह , सिरहा ओरेक नेपाल संयोजक ज्योति तिवारी, नेत्रहीन संघ सिराहाका अध्यक्ष सर्वन महतो , समाजसेवी गंगा राम महतो , गायक तेजु मैथिल लगायतले आ-आफ्नो मन्तव राख्दै घरेलु तथा लैङ्गिक हिँसा न्यूनीकरणका लागि पहिला आफ्नै घर बाट शुरु गर्नु पर्ने कुरामा जोड दिएका छन्।

 वक्ताहरुले राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताकाआधारमा गरिने हिंसाका कारण महिला तथा अपाङ्गता भएका हरू बढी पीडित बन्ने गरेको बताए। घरेलु हिंसाका कारणहोस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ। आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाटमहिला तथा अपाङ्गहरू वन्चित रहेको तर्क गरे। लहान नगरपालिका भित्र अपाङ्गमैत्री सेवा सुविधाहरु नभएका कारण अपाङ्गता भएका व्यक्तिहरु बढी पिडामा परेको हुँदा यस नगरपालिका भित्र अपाङ्गमैत्री सेवा सुविधाहरु संचालन हुनु पर्ने ,लहान नगरपालिकाले प्रतेक आर्थिक वर्षमा अपाङ्गता भएका हरुका लागि छुटै बजेटको व्यवस्था मिलाउनु पर्नेमा सरोकारवालाहरु संग जोडदार मांग गर्दै लहानमा अवस्थित पशुपति आदर्श माविमा अध्यनरत शारीरिक अपाङ्गता तथा दृष्टि विहिनहरुका लागि उचित गास,वास र कपासका साथै शिक्षा आर्जनका लागि शिक्षकको व्यवस्था गर्नु पर्ने लगायतका कुराहरुमा जोड दिएका छन्।

संसारको कुल जनसंख्यामध्ये १५ प्रतिशतलाई कुनै न कुनै रुपको अपाङ्गता रहेको बताइन्छ। हरेक ठाउँमा उनीहरुको समान पहुँच छैन। अपांगता भएका व्यक्तिहरुको हकहितका लागि भन्दै हरेक वर्ष डिसेम्बर ३ मा विश्व अपांगता दिवस मनाइँदै आएको छ। दिवसको दिन गोष्ठी, सेमिनार, र्‍यालीजस्ता चेतनामूलक कार्यक्रम गरिन्छ। समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ। तर नाराका कुरा व्यवहारमा लागू हुन नसकेको गुनासो अपाङ्गता भएका व्यक्तिहरुको रहँदै आएको छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.