शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
‘राज्जा रानी’मा केकीअधिकारी र नाजिर हुसेन मुख्य भूमिकामा
फाल्गुन १, २०७३ | सरगम खबर समाचारदाता

काठमाडौं : २०५२ साल फागुन १ गते - 
चलचित्र ‘राज्जा रानी’ निर्माण हुने भएको छ ।आइतबार राजधानीमाआयोजित पत्रकार भेटघाट मार्फत फिल्मको घोषणा शुभसाइतसहित कास्ट एन्ड क्रिउबारे जानकारी दिइयो । चलचित्र ‘राज्जा रानी’लाई याम थापालाई निर्देशन गर्दैछन् ।चलचित्रको मुख्य भूमिकामा केकीअधिकारी, नाजिर हुसेन र कामेश्वर चौरासिया रहेका छन् । ‘राज्जा रानी प्रेम हो, यसलाई प्रेमकै रुपमाबुझ्नूस’फिल्मबारे निर्देशकथापाले भने, ‘पश्चिम तराई र मधेशमा बोलिने शब्दावली संवेदनामाथिफिल्म बनाउन लागेकाहौं ।’सानो भेगको जनजातिकथामाथिफिल्मबनाउनलागेको थापाले बताए । ‘रोमान्टिक जोडीको रुपमाहामी देखिँदैछौं’ नाजिरकै सामुन्ने केकीले भनिन्, ‘मेरो रानीपात्रगजबको छ, जसमाथिदर्शकले आफूलाई महसुस गर्न सक्छन् ।’

निर्माता रमेश एमके पौडेलले चलचित्र विकास बोर्डले लागु गर्न लागेको बक्सअफिस स्थापनामा सहकार्य गर्न आफ्नो कम्पनी डिस होम तथा सीम टिभी तयार रहेको बताए । ‘बक्सअफिसलाई चाहिने डाटा सफ्टवेयर हामीसँग छ र यसकालागिबोर्डसँग सहकार्य गर्न तयार छौं’ उनले भने, ‘यसले फिल्मलाई उद्योगको रुपमाविकास गर्नेछ ।’आर्यन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको सिनेमामाअनुप भट्टराई लाइन प्रोड्युसर छन् । ताराप्रकाशलिम्बु र दीपकशर्माको संगीत, पुरुषोत्तमप्रधानको छायांकन, कविराजगहतराजको नृत्य निर्देशनहुनेछ । फिल्ममालक्ष्मीबर्देवा, संगीतानापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुजथापाको समेत अभिनयहुनेछ ।फागुन ५ देखि नेपालगंजबाट सिनेमा छायांकन हुनेछ । ३५ दिनको सुट अवधी राखिएको सिनेमा घोषणा समारोहमा रेखाथापा र भुवन केसीको समेत उपस्थितीथियो । भुवन र रेखाले उपस्थितभएर फिल्मलाई सफलताको शुभकामनादिए । 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.