शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोक्का जग्गा फुकुवा गर्न संघर्ष समिति गठन
मंसिर २८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २८ - 
लहानको विभिन्न वडामा रहेको बालबिटोरी र गाउँ ब्लाक नाममा दर्ता रहेको रोक्का जग्गा फुकुवा गराउने उदेश्यका साथ संघर्ष समिति गठन गरिएको छ। जग्गाधनि पुर्जा वितरण भए पनि नेपाल सरकार द्वारा जग्गा रोक्का राखी जनतालाई दु:ख दिने काम मात्र भएको र विगत ६ महिना देखि केहि सरोकारवाला र राजनीतिक व्यक्तिहरु द्वारा भुमिसुधार मन्त्रालय काठमाडौंमा पटक -पटक दवाब दिदा पनि समस्या जस्ताको त्यस्तै रहेको हुँदा यस गम्भीर समस्यालाई समाधान गर्नका लागि विजय कुमार गुप्ताको संयोजकत्वमा ११ सदस्य संघर्ष समिति गठन गरिएको छ। लहान ७ मा अवस्थित राम मन्दिरको प्राङ्गनमा गठन गरिएको समितिमा उप-संयोजक राम औतार शर्मा सहित रविन्द्र प्रसाद चौधरी,महेश गुप्ता ,दिपक कुमार साह हलुवाई,विकाश शारडा,दिपक अग्रवाल ,उदय साह, विनोद चौधरी , मोहम्मद सरफराज अन्सारी र निरज गुप्तालाई सर्वसहमतले सदस्यमा चयन गरिएको संघर्ष समितिका संयोजक गुप्ताले जानकारी दिएका छन्। समितिको सल्लाहकारमा राकेश रोशन गुप्ता, श्याम कुमार गुप्ता,शियाराम गुप्ता ,उमेश साह र विनोद साह लाई राखिएको छ।

यसै बीच संघर्ष समितिले सम्बन्धित निकायहरुमा ज्ञापन-पत्र बुझाउने,मालपोत कार्यलय लहानको लेखापढी व्यवसाय समिति संग छलफल गर्ने ,प्रदेश सभा प्रतिनिधि तथा संघीय सभा प्रतिनिधिहरु संग समन्वय गरि छलफल गर्ने, उपयुक्त अनुसारको समय मिलाई शान्ति पूर्ण दवाव मुलक र्याली गर्ने,प्रत्येक जग्गा धनि संग ५ सय रुपैया सहयोग लिई कार्यक्रम अगाडी बढाउने लगायत  विभिन्न निर्णयहरु गरिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.