शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लोटस स्कुलमा अभिभावक दिवस भव्यताका साथ सम्पन्न
मंसिर २८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २८ - 
सिरहाको लहानमा अवस्थित लोटस इङलिस बोर्डिंग स्कुल लहान ८ ले भव्यताका साथ अभिभावक दिवस मनाएको छ। स्कुलका निर्देशक तथा भूपू जिल्ला शिक्षा अधिकारि मुक्तिनाथ चौधरीको अध्यक्षता,प्रदेश २ का सभासद लगन लाल चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विजय कुमार मण्डलको विशिष्ट आतिथ्यता र शिक्षा सेवी विश्वनाथ महतो,लहान नपा शिक्षा संयोजक राज कुमार साह,लहान ८ का वडा अध्यक्ष विजय कुमार महतो,एन प्याबसन प्रदेश २ का अध्यक्ष जय प्रकाश चौधरी,एन प्याबसनका केन्द्रिय सल्लाहकार पाण्डव हमाल, एन प्याबसन जिल्ला अध्यक्ष प्रदिप कुमार तिवारी,समाजसेवी इन्द्रनारायण चौधरी,एन प्याबसन निवर्तमान स-सचिव शिव शंकर महतो, एन प्याबसन जिल्ला उपाध्यक्ष चक्रपानि दहाल, लहान एभरेष्ट कलेजका प्रमुख धरणीधर अधिकारि, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,कन्भेन्ट स्कुलका प्रिन्सिपल प्रितम सिटौला, पत्रकार एम महतो लगायतको  आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्कुलका प्रतिनिधि , विभिन्न संघ -संस्थामा आवद्ध व्यक्ति, अविभावक तथा विद्यार्थीहरुको उपस्तिथी रहेको थियो।

"अभिभावक दिवस"को अवसरमा विद्यार्थीहरुले विभिन्न थरीका सन्देशमुलक नाटक , धार्मिक, नेपालको संस्कृति झल्किने विभिन्न समुदायका पहिरन ,मनोरञ्जनात्मक नृत्यहरु, गीत संगीत लगायतका बृहत् सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। अभिभावक तथा आगन्तुकहरुको बाक्लो उपस्तिथिमा कक्षा नर्सरी देखि कक्षा ९ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु क्रमश : अनुष्का चौधरी,बिकी यादव,शिवम यादव,पुनित ढुंगेल,शिशिर सिंह,बिनि यादव,देवान्नद चौधरी,सदिक्षा चौधरी,जगरनाथ जसराज,ऋतिक रोशन यादव,अमन यादव र रोशन अग्रवाल लाई स्कलरशिप प्रमाण -पत्र,मेडल संगै उत्कृष्ट नतिजा ल्याउने  १२ जनाकै अविभावकहरु लाई पनि सम्मान गरिएको थियो। यसै बीच २०७१ सालमा SLC मा सगरमाथा टप हुन् सफल ऋतिक मुरारका र २०७१ कै SLC मा दुवै गणितमा शतप्रतिशत अंक ल्याउन सफल राजन रायलाई सम्मान-पत्र , दोसल्लाह ओढाएर सम्मान गरिएको थियो। भने विधालयका विभिन्न विधामा प्रतिभाशाली बिद्यार्थीहरुलाई बिशेष सम्मानका साथ पुरस्कृत गरिएको थियो। त्यस्तै लोटस स्कुलको स्थापना काल २०६० साल देखि निरन्तर कार्यरत शिक्षक किरण झा र इन्द्रदेव चौधरी लगायत एक दशक देखि निरन्तर कार्यरत शिक्षक दिलिप कुमार चौधरी,अरुण कुमार चौधरी र अशोक कुमार चौधरी लाई समेत कदर-पत्र, दोसल्ला सहित सम्मान गरिएको छ।

स्कुलका प्रीन्सिपल सुदिप चौधरी द्वारा सम्पुर्ण आगन्तुक, विद्यार्थी तथा अभिभावकहरुको माझ हरेक विद्यार्थीहरुको फरक फरक बिशेषता हुने र त्यसको पहिचान गरि गुणस्तरीय शिक्षा तथा सुन्दर समाज बनाउन आवश्यक ज्ञान प्रदान गर्ने प्रति प्रतिवध्दता जनाउनु भयो। अभिभावक दिवसको अवसरमा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि लगायत अतिथिहरुले सम्पुर्ण स्कुल परिवार, उपस्थित विद्यार्थी तथा आगन्तुकहरुमा ज्ञानको मार्ग हिड्न प्रेरित गर्दै, सम्पुर्णमा शुभकामना व्यक्त गर्नु भयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.