शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा सवारी दुर्घटना हुँदा एकको ज्यान गयो २ गम्भीर
मंसिर २९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २९ - 
सिरहाको लहानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सनिबार दिउसो करिब ३ बजेको समयमा लहान न.पा. २३ स्थित लाहान-ठाडि भित्रि सडक खण्डमा  उत्तर बाट दक्षिण तर्फ आउदै गरेको स.३प. ५३१९ नम्बरको मोटर साइकल र बिपरित दिशा बाट जादै गरेको स.६प. २६७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदां स.३प ५३१९ नम्बर भएको मोटरसाइकलका चालक लहान नगरपालिका वडा नम्बर ५ बस्ने  बर्ष ४० को सबिर अहमद नवाफ घाइते भई उपचारार्थ लहान तर्फ ल्याउदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान सिरहाले जनाएको छ। मृतकको शव तत्काल लहान स्थित राउ स्मारक सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।यसै बीच सोहि मोटरसाइकल पछाडी पछाडि सवार लहान न.पा. २४ गोबिन्दपुर बस्ने बर्ष २१ को राहुल भण्डारीको बाया तिघ्राको हड्डि भाचिएको, नाकमा चोट लागि गम्भिर अवस्थामा लहान स्थित फ्रेण्डस मोडल अस्पतालमा उपचार भैरहेकोमा करिब दिउसो ४ बजेको समयमा बिराटनगर रिर्फर गरेको र स.६प. २६७६ नम्बर भएको मोटरसाइकल चालक सिरहा लहान न.पा. २३ बथनाहा बस्ने धर्मनाथ यादवको छोरा अन्दाजी बर्ष १८ को रामशंर यादवको बाया हात, बाया खुट्टा फ्याक्चर भएको गम्भिर अवस्थामा लहान स्थित फ्रेण्डस मोडल अस्पतालमा ल्याई उपचार भैरहेकोमा करिब दिउसो ३ बजेर ४५ मिनेट जाँदा थप उपचारका लागि न्युरो अस्पताल बिराटनगर रिफर गरिएको जिल्ला ट्राफिक कार्यलय सिरहा लहानले जनाएको छ।दुर्घटनामा परेका दुबै मोटर साइकल ईलाका प्रहरी कार्यलय महेशवारीको नियन्त्रणमा रहेको र दुर्घटना बारे थप अनुशन्धान भइरहेको ट्राफिक कार्यलय सिरहा लहानले जनाएको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.