शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्वर्णिम सुरक्षित खाता बाट ८५ हजार उपचार विमा रकम भुक्तानी
मंसिर २९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २९ - 
कामना सेवा विकास बैंक लहान शाखाले औषधी उपचार विमा शुल्क वापतको रकम भुक्तानी गरेको छ। लहान नगरपालिका वडा नंं। ७ निवासी उषा साह लाई औषधी उपचार विमा शुल्क वापतको रकम भुक्तानी गरिएको हो । छोटो समयमा ग्राहकको मन जितन सफल  कामना सेवा विकास बैंक लहान शाखाले औपचारिक कार्यक्रमबीच औषधी उपचार शुल्क वापतको रकम ८५ हजार रुपैयाँको चेक बैंकका प्रदेश प्रमुख राकेश सिंहले हस्तान्तरण गर्नुभयो । कामना सेवा विकास बैकले आफ्नो ग्राहकलाई आर्कषण गर्नका लागि ल्याएको नयाँ योजना स्वर्णिम सुरक्षित वचत खाता प्रभावकारी हुदै गएको बैंकका प्रदेश प्रमुख सिंहले जानकारी दिनु भयो । उक्त योजना अन्तर्गत न्यूनतम मौज्दात एक हजारको स्वर्णिम सुरक्षित वचत खाता खोल्दा आकर्षक व्याजसहित ७  लाखसम्मको दुर्घटना बिमा र १ लाखसम्मको औषधि उपचार विमा लगायत निःशुल्क एटिएम, त्रैमासिक व्याज भुक्तानी , एसएमएस/ ईन्टरनेट  बैंकिङ सेवा समेत रहेको बैंकको शाखा प्रवन्धक सरोज कुमार ठाकुरले जानकारी दिनु भयो।

औषधी उपचार विमा शुल्क वापतको रकम भुक्तानी पाएपछि उषा साहले सुरुमा आफूलाई बैंकको उक्त योजनाप्रति खासै बिश्वास नभएको र पछि आफैले उक्त सुबिधा वापतको रकम भुक्तानी प्राप्त गर्दा ज्यादै खुशी भएको बताउनु भयो । साथै उक्त स्वर्णिम सुरक्षित वचत खाता योजनामा सहभागी हुनका लागि सम्पुर्ण नगरवासी,जिल्लावासी लाई अनुरोध गर्दै बिमा सुबिधा दाबी भुक्तानी पाउँदा कामना सेवा विकास बैकप्रतिको बिश्वास अझ बढेको बताउनु भयो । कार्यक्रममा उपस्थित संचारकर्मी ,व्यापारी तथा वुद्धिजीवीहरु बाट बैंकले दिने सेवा सम्बन्धमा आएको जिज्ञासाको बारेमा बैंकका प्रदेश प्रमुख सिंहले प्रष्ट पार्नु भएको थियो। सबैलाई कामना सेवा विकास बैंकमा खाता खोली कारोवार गर्न र भविष्यमा आइपर्न सक्ने सम्भावित जोखिमबाट सुरक्षा प्राप्त गर्न शाखा प्रवन्धक ठाकुरले अनुरोध गर्नुभयो।

यसै बीच कामना सेवा विकास बैंक लहान शाखाले आफ्ना ग्राहकहरुको सेवा सुविधा लाई ध्यानमा राखी लहान ८ रोड नम्बर १ मा अवस्थित सुविधा सम्पन्न स्माइलि रेस्टुरेन्ट एण्ड बार संग खाने कुरामा १० % छुट दिने गरि सम्झौता गरेका छन। स्माइलि रेस्टुरेन्ट एण्ड बारका संचालक भुषण चौधरी र बैंकका शाखा प्रवन्धक सरोज कुमार ठाकुरले सम्झौता पत्रमा हस्ताक्षर गरि एक -एक प्रति राख्दै कामना सेवा विकास बैंक संग आवध सम्पूर्ण ग्राहक लाई स्माइलि रेस्टुरेन्टमा खाजा,खाना लगायतका खाने कुरामा १० प्रतिशत छुट दिने रेस्टुरेन्टका संचालक चौधरीले खुशी व्यक्त गर्दै प्रतिवध्ता जनाउनु भयो। 

त्यस्तै विकास बैंकको इतिहासमा पहिलो पटक कामना सेवा स्वर्णिम सुरक्षित प्रिमियम बचत खाता संचालमा ल्याएको छ।यस खाता अन्तर्गत १ दम्पती तथा २ बच्चाका लागि ३४ लाखसम्मको बिमा सुविधा प्राप्त गर्न सकिने जनाइएको छ। जसमा दम्पती तथा २ बच्चाको अधिकतम रु,२८ लाखको आकस्मिक दुर्घटना बीमा तथा शारीरिक अशक्ता सुविधा ,दम्पती तथा २ बच्चालाई १७ घातक रोगहरुको अधिकतम रु,५ लाखको बीमा सुविधा, दम्पती तथा २ बच्चालाई औषधि उपचार बीमा अधिकतम १ लाख अस्पतालमा भर्ना हुनुपरेको अवस्थामा बीमा सुविधा प्रदान गरिने जनाइएको छ। स्वर्णिम सुरक्षित प्रिमियम बचत खाता न्युनतम मौज्दात रु,५ हजारमा खोल्न सकिने बैंकले जनाएको छ। यो खाता खोल्ने ग्राहक वर्गले थप सुविधा अन्तर्गत बचत खातामा अधिकतम ब्याजदर ,लकर सुविधामा आकर्षक छुट,नि:शुल्क मोवाइल /ईन्टरनेट  बैंकिङ सुविधा र नि;शुल्क डेविट कार्ड सुविधा प्राप्त गर्ने बैंकले जनाएका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.