शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फुटबलको फाइनलमा आइ एड र बि एड विजय
पौष १, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुस १ - 
सिरहाको लहानमा अवस्थित जे,एस मुरारका बहुमुखी क्याम्सको वार्षिक क्यालेन्डर अनुसार आयोजित साताव्यापी अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलबार सम्पन्न फुटबल खेलमा छात्रा तर्फ बाट आइ एड अल ( आइ एड ११ र १२ ) र छात्र तर्फ बाट बि एड अल विजय भएका छन। क्याम्सको खेल मैदानमा सम्पन्न पहिलो फुटबल फाइनल खेलमा छात्रा तर्फ बाट आइ एड अलले बि एड अल लाई शुन्य गोल का विरुद्ध एक गोल गर्दै विजय भएका छन। 

यसै बीच अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको छात्र तर्फको फाइनल खेलमा बि एड अलले बिबिएस अल लाई शुन्यका विरुद्ध ६ गोल गर्दै विजय भएको क्याम्पसका अतिरिक्त क्रियाकलाप समिति संयोजक नरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गत छात्रा तर्फ बाट उत्कृष्ट खेल प्रदर्शन गरेकी छात्रा निशा चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भईन,भने छात्रा तर्फ बाट उत्कृष्ट किपर जिबछ प्रसाद यादव, उत्कृष्ट डिफेन्ससर पाण्डव चौधरी,उत्कृष्ट स्ट्राइकर निरज चौधरी र सर्वोत्कृष्ट खेलाडी दिपेन्द्र राम घोषित भएका छन। 

क्याम्पसको साताव्यापी अतिरिक्त क्रियाकलाप अन्तर्गत बुधबार विहान ८ बजे देखि बिबिएस पहिलो वर्षका छात्र टिम र आइ एस सी अल छात्र कबड्डी टिम बीच फाइनल खेल हुने संयोजक चौधरीले बताए।

क्याम्सको वार्षिक क्यालेन्डर अनुसार आयोजित साताव्यापी अतिरिक्त क्रियाकलाप अन्तर्गत फुटबल,भलिबल,म्युकिकल चेयर, हाइजम्प, लनग्जम्प , १०० मिटरको दौड र सलोसाइकल प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख तुलसीराम पोखरेलले जानकारी दिनुभयो।क्याम्पसले वार्षिक क्यालेन्डर अनुसार प्रतेक वर्ष विद्यार्थीहरुबीच हुने खेलकुद प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर समेत बनेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.