शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सडक अतिक्रमण गरि राखिएका पसल र भौतिक संरचनाहरु हटाइने
पौष ७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुस ७  -
जिल्ला प्रशासन कार्यलय सिराहा र स्थानीय सरकारको समन्वयमा सडक क्षेत्रमा अतिक्रमण गरेर सञ्चालन गरिएका फुटपाथ व्यवसाय जस्तै फलफुल पसल,सिटि रिक्सा, विंगर, म्याजिक पार्किङ्ग ,कपडा पसल लगायत सडक अतिक्रमण गरि संचालन गरिएको पसल वा कुनै पनि संरचना हटाउने अभियान पुस २२ गते देखि शुरु हुने भएको छ। सडकमै व्यापार सञ्चालन हुँदै आएको फुटपाथका कारण बजार र लोकमार्गको सुन्दर्यता कृप बन्दै गएको, सडक दुर्घटनामा विर्द्धि ,आवागमनमा असहज स्थिति पैदा भएको भन्दै अतिक्रमण भएको क्षेत्र खाली गराउन आइतबार गोलबजार सभाहलमा जिल्ला प्रसाशन कार्यलय सिरहाका जिल्ला प्रमुख गोपाल कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न छलफल बाट लहान नगरपालिका,गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका ,सिरहा नगरपालिका लगायतका अन्य नगरपालिका भित्र पर्ने लोकमार्ग लाई व्यवस्थित बनाउन पुस २१ गते देखि सडक अतिक्रमण हटाउने अभियान शुरु गरिने निर्णय गरिएको छ।

छलफलमा जिल्ला प्रमुख अधिकारि सहित नेपालि सेना शेरगन चौहर्वाका जितेन्द्र कुमार गौली , जिल्ला समन्वय समिति सभापति रामचन्द्र ठाकुर,जिल्ला प्रहरी कार्यलय सिरहा प्रमुख एसपी उमा प्रसाद चतुर्वेदी,ससस्त्र प्रहरी बल सिरहा प्रमुख एसपी प्रविन कडेल,राष्टिय अनुशन्धान सिरहाका रमेश चन्द्र यादव,प्रदेश सभा सदस्य राम कुमार यादव,नरेश कुमार यादव, दिलिप कुमार साह संगै लहान नगरपालिका नगर प्रमुख मुनि साह,मिर्चैया नगर प्रमुख श्रवन कुमार यादव,गोलबजार नगर प्रमुख देवनाथ साह , सिरहा नगरपालिका उप-प्रमुख डाक्टर नमिता यादव,नेपाली कांग्रेस जिल्ला सभापति राम चन्द्र यादव,जिल्ला ट्राफिक प्रमुख खगेन्द्र एक्तेन, लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल,नहरा गाउपालिका प्रशासकीय अधिकृत सुमित्रा लामा,जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य, रेडक्रस सिरहा सभापति राजदेव यादव ,लगायत सुरक्षा निकायका विभिन्न पदाधिकारी , स्थानीय जनप्रतिनिधि,विभिन्न संघ संस्थामा आवध पदाधिकारीहरु, सिटि रिक्सा संघ,धमिनिमाई यातायात सेवा प्रालि,वारुवा यातायात प्रालि,श्री वेल्का यातायात प्रालि,गोलबजार यातायात प्रालि,सगरमाथा बस व्यवसाय संघ, सगरमाथा म्याजिक यातायात प्रालि,सलहेस यातायात प्रालि तथा विभिन्न यातायात संघ संस्थामा आवध पदाधिकारीहरु,संचारकर्मी ,वुद्धिजीवी,नागरिक समाजको उपस्तिथिमा सम्पन्न उक्त छलफल बाट स्थानीय नगरपालिका संग समन्वय गरेर मिति २०७६ पुस ७ गते सोमबार देखि राजमार्ग अतिक्रमण गरि राखिएको वस्तु हटाउन भनि एक हप्ते अल्टिमेटम सहित सार्वजनिक सुचना म्याकिंग गर्ने , अटेर गरे पुस २२ गते देखि स्थानीय जनप्रतिनिधि,सरोकारवाला,प्रहरी प्रशासनको सहभागितामा बल प्रयोग गरी जफत गरिने भनि निर्णय गरिएको छ।

स्थानीय नगरपालिकाले पटक -पटक राजमार्ग छेउछाउका सडक अतिक्रमण गरी खडा गरिएका खोका, छाप्रा, फुथफाटे पसलहरु ,पार्किङ्ग, निर्माण सामग्री थुपार्ने जस्ता क्रियाकलाप नरोकिएपछि नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय र ट्राफिक प्रहरीको संयुक्त पहलमा सडक अतिक्रमण हटाउन शुरु गरिएको जिल्ला प्रमुख अधिकारीले बताए । उनले सडक अतिक्रमणबाट सवारी अस्तव्यस्त र दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण हटाएर खाली नगरी नहुने अवस्था देखिएको जनाए । उनका अनुसार सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडक क्षेत्रभित्र कुनै संरचना तथा सडक अवरुद्ध पार्ने गरी अनाधिकृत रुपमा सडक कब्जा गर्न नहुने व्यवस्था रहेको बताए।

यसै बीच जिल्लामा जाडो बढन थालेको सन्दर्भमा शितलहर बाट आफ्ना नागरिक तथा घरपालुवा पशुपंक्षी लाई जोगाउन स्थानीय तहहरुले गरिरहेको तयारि र गतिविधि तथा जिल्ला स्तरबाट गर्नु पर्ने सहयोग र समन्वय सम्बन्धमा समेत छलफल गरिएको छ। जिल्ला प्रमुख अधिकारिको अध्यक्षतामै गरिएको छलफलमा विभिन्न स्थानीयतहका चौक -चौकमा सर्वसाधारणका लागि आगो बाल्ने,अति विपन्न गरिबको पहिचान र डाटा संग्कलं गरि सिरक ,डस्ना ,कम्बल ,न्यानो लुगा लगायतको व्यवस्थापन गर्ने लगायतको निर्णयहरु गर्दै यस जिल्लामा शितलहरका कारण कसैको ज्यान गएको सुन्नु नपरोस भनि प्रतिवध्ता जनाउदै यस जिल्लाका सम्पूर्ण स्थानीय तह, रेडक्रस सोसायटी,जिल्ला विपद व्यवस्थापन समिति जनसमुदायलाई शितलहर बाट जोगाउन तयार अवस्थामा रहेको बताए। यस कार्यलाई सार्थक बनाउन संचारकर्मी लगायत उपस्थित सम्पूर्ण लाई आ-आफ्नो स्तर बाट सहयोग गर्न र शितलहर बाट पिडितको बारेमा जानकारी गराउन हुन् जिल्ला प्रमुख अधिकारिले आग्रह गर्नु भयो।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.