फिरोज शेख लहान २०७६ पुस ७ -
सिरहाको लहानमा अवस्थित सिद्धार्थ बैंकले लहान शाखाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। शाखा प्रवन्धक राम प्रमोद यादवको अध्यक्षता तथा लहान नगरपालिका नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिहरुमा प्रदेश सभा सदस्य अशोक कुमार यादव, जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य,सिद्धार्थ बैंकका वरिष्ठ व्यवसाय अधिकृत शेर बहादुर बुढाथोकी, सिद्धार्थ बैंकका प्रमुख विजनेस सपोटर्स शुरेश राज महर्जन,सिद्धार्थ बैंकका प्रदेश २ प्रमुख हरि प्रसाद तिमल्सिना,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्री,लहान शस्त्र वेस क्याम्पका डिएसपी अर्जुन सापकोटा,नेपाल आर्मीका क्याप्टन गिरिजा भट्ट लगायत अतिथिहरुमा जे एस मुरारका वहुमुखी क्याम्पस लहानका प्रमुख तुलसीराम पोख्रेल,वडा नम्बर ३ का वडा अध्यक्ष राम दयाल महतो,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख लगायत विभिन्न बैंकका प्रवन्ध निर्देशक तथा प्रदेश प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुखहरु, उधोगी ,व्यापारी,नागरिक समाज ,वुद्धिजीवी,संचारकर्मी,शिक्षक ,कर्मचारी, ग्राहकवर्गको बाक्लो उपस्तिथी रहेको थियो।
कार्यक्रमा उपस्तिथ प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव राख्दै भन्नुभयो " अर्थतन्त्रलाई क्रियाशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपुर्ण भएको हुँदा यसलाई नाफामुखी मात्र नभई सेवामुखी तर्फ लान आग्रह गर्दै साधन तथा स्रोतको परिचालन गर्न, लगानीलाई प्रोत्साहित गर्न, निक्षेप संकलन तथा परिचालन र राष्ट्रको सन्तुलित विकासका लागि बैंकिङ क्षेत्रहरु सधै क्रियाशिल रहिरहनुपर्नेमा जोड दिनुभयो। निजि क्षेत्र लाई अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा मान्न सकिने बताउदै बैंक नाफामूखि भन्दा सेवामुखी बढी हुनुपर्नेमा वक्ताहरुले जोड दिनुभयो। बैंकिङ क्षेत्रहरुले राष्ट्रको लागि पूँजी निर्माण गर्नुको साथै उत्पादित क्षेत्रहरुमा लगानी गर्दै रोजगारी पनि श्रृजना गर्न सक्नुपर्छ, अनि मात्र यो क्षेत्र देशको महत्वपूर्ण खम्बाको रुपमा आफै साबित हुन्छ स्पष्ट पार्दै बैंकले कृषि,शिक्षा,स्वास्थ्य र पर्यटनको क्षेत्रमा लगाउनु पर्ने र सामाजिक उतर्दायित्वका क्रियाकलापहरुमा पनि सक्रिय भूमिका निर्वाह गर्नु पर्ने आग्रह गर्दै सिद्धार्थ बैंकको उन्नति -प्रगतिको कामना गर्नुभयो।
सिद्धार्थ बैंक लहान शाखा गत २०७५ वैशाख २३ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको रहेपनि सोमबार औपचारिक उद्घाटन गरिएको शाखा प्रवन्धक राम प्रमोद यादवले बताउनु भयो। सिद्धार्थ बैंक लहान शाखामा हाल ५ हजार भन्दा बढी ग्राहक रहेको उहाले जानकारी गराउदै सिद्धार्थ बैंक लहान शाखा यस क्षेत्रको विकासका लागि लहान नगरपालिका लगायत विभिन्न संघ संस्था संग सहकार्य गरि कृषि,शिक्षा,स्वास्थ्य र पर्यटनका क्षेत्र संगै सामाजिक उतर्दायित्वका कार्यहरुमा पनि सक्रिय भूमिका निर्वाह गर्ने र ग्राहक वर्गका लागि झन्झट रहित सेवामुखी सेवा प्रदान गर्ने प्रतिवध्ता जनाउनु भयो।कार्यक्रममा उद्घोषण ललिता दासले गरेकी थिइन्।
यसै बीच सिद्धार्थ बैंकले सोमबार प्रदेश नं ५ मा अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नै सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहामै अवस्थित गोलबजार शाखाको पनि औपचारिक उद्घाटन सम्पन्न गरेको छ। बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह बाट भएको बैंकले जनाएको छ। लुम्बिनी शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ ( ४ एक्स्टेन्सन् काउन्टर सहित ) पुगेको छ ।