शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरसफाईको अवस्था र व्यवस्थापन सम्बन्धि अन्तरकृया सहित सरसफाई र्याली सम्पन्न
पौष ९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुस ९ - 
"हाम्रो लहान ,समृद्ध लहान "मुल नाराका साथ लहान नगरपालिकाको आयोजनामा सरसफाईको अवस्था र व्यवस्थापन सम्बन्धि टोल सुधार समिति र सरोकारवालाहरु सँगको अन्तरकृया सहित सरसफाई र्याली कार्यक्रम मंगलबार सम्पन्न भएको छ। नगरप्रमुख मुनि साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लहाननगरपालिकाको २४ वटै वडामा गठन गरिएका टोल सुधार समिति का पदाधिकारीहरु,सरसफाई अभियन्ताहरु,जनप्रतिनिधि ,कर्मचारी,सरोकारवाला,संचारकर्मी ,नागरिक समाज ,वुद्धिजीवी लगायत नगरक्षेत्र भित्रका जनसमुदायहरुको उपस्तिथी रहेको थियो। कार्यक्रमको अन्तरक्रियामा सरसफाइको सम्बन्धमा उपस्थित सरसफाई अभियन्ता साज कुमार आलेले आफ्नो तर्क राख्दै सरसफाई मानव जीवनको दिनचर्या संग जोडेको भएको हुँदा हामि स्वास्थ्य रहन सरसफाई अति आवश्यक रहेको भन्दै यस नगरपालिका भित्र सरसफाइको अवस्था र व्यवस्थाबारे सम्पुर्णलाई जानकारी गराउदै विगतमा भएको सरसफाई अभियान अन्तर्गत १५० वटा साप्ताहिक सरसफाई सप्ताहको बारेमा जिकिर गर्दै हामि अभियानिहरु संग सहकारी गरि लहान नगरपालिकाले सरसफाई अन्तर्गत साप्ताहिक कार्यक्रम गर्नु पर्ने धारणा राख्दै सरसफाई कार्यक्रम लाई सफल बनाउन पछि नपर्ने  तर्क गरे।

यसै बीच अन्तरक्रिया कार्यक्रममा अध्यक्षको आसन बाट नगरप्रमुख मुनि साहले लहान लाई "हाम्रो लहान ,समृद्ध लहान "बनाउन पानी, शौचालय, वातावरणीय सरसफाइ, हरियाली वातावरण, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपनामा जोड दिनु पर्ने बताए। लहानको परिकल्पनालाई साकार पार्न यस नगरपालिका बाट विभिन्न अभियानहरु संचालन हुँदै आई रहेको र स्वच्छ,सफा र सुन्दर नगर निर्माण गर्न सहयोग पुर्याउने उदेश्यले सर्व पक्षीय ,सर्वदलीय निर्णय बमोजिम सार्वजानिक सुचना प्रसारण तथा प्रकाशन गरि जानकारी गराए बमोजिम स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार स्थानीय तहको क्षेत्राधिकार भित्र रही यस नगरपालिकाले मिति २०७६ साल पौष १५ गतेदेखि सरसफाई अभियान कडाईका साथ नियमन गरिने हुँदा आ-आफ्नो तह ,क्षेत्र बाट सहयोग पुर्याई दिनहुन् सम्पूर्ण नगरवासी तथा सरोकारवालाहरु संग आग्रह गर्नुभयो। यसैबीच लहान नगरपालिकाको सभा हलबाट सरसफाई सम्बन्धि विभिन्न नारा सहित निस्केको र्याली लहानको विभिन्न भागको परिक्रमा गरि लहानको शहिद चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.