शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल जेसीजको ४६ औ राष्ट्रिय अध्यक्षमा जेसी अशोक शंकर विजयी
पौष १२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुस १२ - 
नेपाल जेसिजको ४६औ राष्ट्रिय महाअधिवेशनबाट वर्ष २०२० का लागी जेसी अशोक शंकर अध्यक्ष पदमा निवाचित  हुनुभएको छ । पथरी जेसीजका सस्थापक जेसी अशोक शंकरले  ५५१ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धी जेसि अरुणेश्वर खनाल र सिनेटर विकास मानन्धरलाई पछी पारेका हुन् । जेसी  अरुणेश्वर खनालले ५२७ मत प्राप्त गर्नुभएको थियोे भने सिनेटर विकास मानन्धरले ४८७ मत प्राप्त गर्नुभएको छ ।
                
त्यसैगरी राष्ट्रिय कायकारणी उपाध्यक्षमा देवदह जेसीजका जेसी विजय गुरुङ १०७७ मत ,हेटौंडा लेडि जेसीजका जेसी शोभा खरेल १०११ मत  ,गैंडाकोट जेसीजका जेसी गोकुल सापकोटा ९४५ मत र त्रिभुवननगर जेसीजका जेसी लालमणी भण्डारी ६९३ मत प्राप्त गरि विजयी भएका छन् ।
यसै बीच  राष्ट्रिय उपाध्यक्ष पदका लागि १२ जना विजयी भएका छन् जस्मा  जेसी रमा प्याकुरेल १२७० मत ,जेसी राम बहादुर बोगटी १२६५ मत , सिनेटर राकेश गुरुङ १२१५ मत, जेसी कन्चन झा ११८३ मत ,जेसी धिरज शाही ११०० मत ,जेसी मन्जु शाही ठकुरी १०७८, जेसी शिव प्रसाद भुसाल १०५६ मत, जेसी बिशाल थापा १०२२ मत , जेसी गणेश बहादुर साउद ९४२ मत ,जेसी अनवर हुसेन ८९० मत ,जेसी कृष्ण सापकोटा ८५९ मत र जेसी गोविन्द पङेनीले ८२० मत प्राप्त गरि विजयी भएका छन् । रत्नगर जेसिजको आतिथ्यतामा भएको ४६औ राष्ट्रिय महाअधिवेशन चितवनको सौराहामा सम्पन्न भएको हो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.