शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पक्राउ परेका सडक कर्मचारी लाई गुण्डा प्रयोग गरी फसाएको आरोप
पौष २०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुस २० - 
सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद साहलगायत तीन जना कर्मचारीलाई ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले ६ लाख जरिवाना काटिएपछि गुण्डा लगाएर कुटपिट गर्दै फसाएको खुलासा भएको छ ।काठमाडौंको अनामनगरमा अवस्थित वल्ड वाईड राम सागर जे।भि।का प्रतिनिधि राम पौडेलल गायत १५÷२० जना नकाबधारी गुण्डा शैलिमा पौष १८ गते सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद साह, ईन्जिनीयर नविनकुमार साह र सब ई।बिरेन्द्रकुमार साहलाई क्वाटरमा  जबरजस्ती पैसा थमाउँदै कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले आरोप लगाएका छन्।

घटनाका प्रत्यक्षदर्शी ई।नबिनकुमार साहको सुत्केरी पत्नी सन्नु साहले ‘मेरो पति ईन्जिनीयर नविनकुमार साहलगायत यसै कार्यालयका निमित्त प्रमुख बिनोदकुमार साह र सब ई। बिरेन्द्रकुमार साहलाई वल्ड वाईड राम सागर जे। भि।का प्रतिनिधि राम पौडेल लगायत १५÷२० जना नकाबधारीहरु  गुण्डा शैलिमा कुटपिट गरेर फसाएको एक प्रेस विज्ञप्ति जारि गर्दै आरोप लगाएकी छिन।’ ‘ठेकेदार पौडेलपक्षका गुण्डाहरुले कार्यालयका क्वार्टरमा रहेका ई।नबिनकुमार साह र बिरेन्द्रकुमार साहलाई झोलामा ल्याईएको रकम हातमा थमाउदा नमानेपछि निर्घात कुटपिट गरी क्वार्टरमा रहेको फर्निचर तोडफोड गर्दै आफु संगै अन्य महिला तथा वालबालिकालाई समेत कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।’तिन दिनको सुत्केरी साहका अनुसार ‘रकम नसमाते पछि सो रकम क्वार्टरमै फालेर गुण्डाहरु भागेका थिए ।  उनी भन्छिन् ‘बचाउँन खोज्दा गुण्डाहरुले मलाई पनि कुटेको छ ।’

त्यस लगतै कार्यालय प्रमुखको क्वार्टरमा गएर ति गुण्डाहरुले हातपात गर्दै त्यहाँ पनि पैसा समात्न लगाउदा कार्यालय प्रमुख साहले पैसा समात्न असमर्थ गर्दा त्यहाँ पनि फालेर गुण्डाहरु भागेका थिए । यस लगतै प्रहरीसहित अख्तियारका टोली आएर बिना मुचुल्काकै ईलाका प्रहरी कार्यालय लहान लगेको सन्नु साहले बताइन् । निज ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले कार्यालयले सोको वापत जरीवाना सरुप ६ लाख काटिएको रिसिबिले गुण्डा प्रयोग गरी योजनाबद्ध तरीकाले फसाएको जारी विज्ञप्तीमा उल्लेख छ । यसरी गुण्डागर्दी गर्दै कुटपीट गर्ने ठेकेदार सहितका गुण्डाहरुलाई कार्बाहीको माग र घटनाको निष्पक्ष छानबिन गर्न सरोकारबालाहरु लाई लहानका नागरिक समाजले जोडदार मांग गरेका छन्। यसै घटनाको विरुद्धमा लहानको शहिदचौकमा सनिबार साँझ नागरिक समाजका अगुवाहरुले कोणसभा समेत गरेका छन् । उक्त घटना मिति २०७६ पौस १८ गते शुक्रवार बेलुका ६ बजेतीर सडक डिभिजन कार्यलयको प्राङ्गणमा अवस्थित क्वाटरमा भएको थियो। कोणसभामा नागरिक समाजका जयनारायण यादव, मनोज यादव, भरत साह, शिला साह लगायतले मन्तव्य राख्दै गुण्डाहरुलाई कार्बाहीको मांग संगै घटनाको निष्पक्ष छानबिन हुनु पर्ने जोडदार मांग गरेका छन्।

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.