शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दिनेश लाल यादव निरहुवा जनकपुर आँउदै
फाल्गुन २, २०७३ | सरगम खबर समाचारदाता

जनकपुर फागुन २ - 
भोजपुरी चलचित्र जगतका चर्चित कालाकारहरु जनकपुर आउने भएका छन् । फाल्गुन २८ गते होलीको अवसरमा एस आर प्रोडक्सन प्रा.ली.ले भोजपुरी फिल्म जगतका सुपरस्टार नायक दिनेश लाल यादव निरहुवा सहितका बहुचर्चित कालाकारहरुलाई जनकपुर ल्याउदैछन् । जनकपुरको तिरहुतिया गाछीमा हुन लागेको ‘जनकपुर होली हंगामा’ नामक मैथली भोजपुरी सांगीतिक तथा सांस्कृतीक पर्वमा सहभागी हुन निरहुवाका साथै भोजपुरी फिल्मकी चर्चित नायीका अम्रपाली दुवे, नायक एवंम निर्माता प्रवेश लाल यादव, शुभी शर्मा र सिमा सिंह सहितका दर्जनौ कालाकारहरु जनकपुर आउन लागेको एस आर प्रोडक्सन प्रा.ली.ले जनाएको छ । तिरहुतीया गाछीमा हुने सो कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा गृहमन्त्री हुने र मन्त्री निधीले भोजपुरी कालाकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुने दर्शकका लागि टिकट दर २ सय रुपैया र भि.आइ.पी टिकट दर १ हजार रुपैया तोकिएको छ । मैथली र भोजपुरीका संगीत र कालाकारहरुको सम्बन्ध प्रगाढ पार्न र जनकपुर सहित यस क्षेत्रमा रहेका भोजपुरी चलचीत्र र संगीतका पारखीहरुलाई उनीहरुको मनपर्ने कालाकारसंग प्रत्यक्ष भेटघाट गर्ने गरि होली महोत्सव मनाउन अवसर प्रदान गर्न समेत कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा एस आर प्रोडक्सन प्रा.ली.का प्रबन्धक संतोष राज सहनी, नेपाली तथा भोजपुरी गायीका सेलीना कुँवर सहितको उपस्थिती थियो ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.