शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डाँका मुद्दाको फरार प्रतीवादी र लागु औषध सहित ५ पक्राउ
पौष २४, २०७६ | फिरोज शेख

फिरोज शेख/शेख मिडिया हाउस प्रालि लहान २०७६ पुष २४ - 
सिरहा प्रहरीले डाँका मुद्दाका एक फरार प्रतीवादी लाई पक्राउ गरेको छ। सम्मानित जिल्ला अदालत सिरहाको मिति २०७१।०१।३० गतेको फैसला आदेशले “डाँका” मुद्दामा १ लाख ८० हजार जरिवाना र ६ वर्ष कैद ठहर भई फरार रहेका प्रतिवादी  जिल्ला सिरहा कल्याणपुर नगरपालिका ८ बस्ने वर्ष ४० को मोहमद मुस्तुफा हुसेन मियाँलाई विहिबार जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले निजकै घर वतनमा लुकी छीपि बसेको अवस्थामा पक्राउ गरी सम्मानित जिल्ला अदालत सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 
 
सिरहा प्रहरीले भारि मात्रामा लागु औषध सहित ४ जनालाई पक्राउ गर्न सफल भएका छन। भगवानपुर गाउँपालिका ३ स्थित प्रहरी चौकी ठाडि सिरहाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प ९८०१ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा, सखुवानान्करकट्टी गाउँपालिका ५ बस्ने वर्ष २३ को मोहमद अजिम र सोहि ठाउँ बस्ने वर्ष २४ को मोहमद हस्मत राईनको साथबाट लागु औषध नोर्फिन ४७ एम्पुल, प्रोमोथाईजिन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल लागु औषध सहित निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 
  
त्यस्तै सिरहा नगरपालिका १७ स्थित ईलाका प्रहरी कार्यलय माडर सिरहाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ४५३७ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा जिल्ला सिरहा,विष्णुपुर गाउँपालिका २ बस्ने वर्ष २७ को ब्रम्म देव यादव र मिर्चैया नगरपालिका ७ बस्ने वर्ष २५ को सुली महराको साथबाट लागु औषध डाईलेक्स डिसी ७ बोतल फेला पारी दुवै जना लाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
 यसैबिची भगवानपुर गाउँपालिका ४ जमुवा टोल स्थित प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले ठाडीबाट लहान तर्फ जाँदै गरेको बा १ ख ८३६३ नम्बरको यात्रुबहाक बसलाई चेकजाँच गर्दा बसको डिक्कीमा बेवारीसे अवस्थामा रहेको २ झोला चुरा अन्दाजी मल्य २० हजार बराबरको सामान नियन्त्रणमा लिई  भन्सार कार्यालय ठाडी, सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहा जनाएको छ। 
  
 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.