शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बसपार्क शुक्रबार देखि सञ्चालनमा
माघ ४, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ ४ -
सिरहाको लहानमा नवनिर्मित बसपार्क शुक्रबार देखि संचालनमा आएको छ।लहान नगरपालिका १ सिङ्गराही स्थित महेश गुप्ताले आफ्नो २ बिगहा जग्गामा ४ करोड भन्दा बढी लागानी गरि निर्माण गरेको लहान बसपार्कको एक कार्यक्रमका बीच नगरप्रमुख मुनि साहले उद्घाटन गर्दै संचालनमा ल्याएका हुन्।लहान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरीको अध्यक्षता तथा लहान नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त बसपार्क उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख मुनि साहले भन्नु भयो " नौ महिना अगाडि नै बसपार्क संचालक महेश गुप्ता ज्यु संग गरेको सम्झौता आज रंग लाएको छ। अबको ६ महिना भित्र बसपार्क लाई कालोपत्रे गरि आकर्षक र सुन्दर बनाउने तयारीमा लागिपरेका छौ। राष्टले लिएको " समृद्ध  नेपाल सुखी नेपालि " लाई आत्म साथ गर्दै " हाम्रो लहान -समृद्ध लहान "भन्ने मूल अभिप्रायले लहान नगरपालिका अगाडी बढिरहेको छ। सिरहा जिल्लाको विकासको तुलनामा लहानमा आठ लाईनको बाटो निर्माण हुने र ३१ मिटर सम्म खालि राखनु पर्ने पटक-पटक सुचना जारि गर्दा पनि केहि विकास विरोधीहरुले अटेर गरिरहेको र अहिले सम्म पनि लोकमार्गको ३१ मिटर भित्र पर्ने घरहरु नहटाईएको अवस्था रहेको उल्लेख गर्दै नगर सरसफाईको कार्यक्रम जारि रहेको र यस नगरपालिकाको चौतर्फी विकासका लागि ३१ मिटर जसरि पनि खालि गराउने बताउनु भयो।

यसै बीच  लहान नगरपालिकाको विकास र समृद्धि निर्माणमा अतुल्य योगदान पुर्याउनु भएका लहान नगरवासी,जिल्ला प्रसाशन कार्यलय सिरहा ,नेपालि सेना,नेपाल प्रहरी,सशत्र प्रहरी,ट्राफिक प्रहरी,जनप्रतिनिधि,राजनीतिककर्मी,संचारकर्मी,कर्मचारी,वुद्धिजीवी,नागरिकसमाजका अगुवा लगायत सम्पूर्ण सहयोगी संघ संस्थाहरु लाई धन्यवाद ज्ञापन गर्दै यस नगरपालिकाको विकासका लागि सम्पुर्णलाई एक जुट भएर सहयोग गर्न आह्वान समेत गर्नु भयो , र अबको केहि महिना भित्रै नगर वस संचालन गर्दै वेरोजगारीको समस्या समाधान गर्ने तिर अग्रसर हुने बताउनु भयो  ।  
नेपाल भ्रमण बर्ष २०२० लाई प्रभावकारी रुपमा सफल पार्न नगरक्षेत्र भित्र सल्हेश फुलवारी,ब्र्म्हान जंगल,पकडियाग,देवी दह,मानिक दह,राजदेवी मन्दिर,काभ्रे महादेव स्थान जस्ता एतिहासिक,प्राकृतिक,सांस्कृतिक र धार्मिक महत्वका पर्यटक स्थलहरुको भौतिक पुर्वधारको विकास र प्रचार-प्रसार गरि पर्यटन प्रवर्द्धनका माध्यमबाट नगरको विकासमा महत्वपूर्ण योगदान पुग्ने र कृषि योग्य भुमि,प्राकृतिक स्रोत साधनहरु समेत रहेको हुँदा त्यसको योजनाबद्ध परिचालन र व्यवस्थापन गरि आर्थिक विकासको गतिलाई अगाडी बढाइएको जानकारी गराउनु भयो।

कार्यक्रममा ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कमलराज भण्डारी, नेकपाका केन्द्रिय सदस्य गंगा यादव, जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य,नगरपालिकाका प्रवक्ता राज कुमार साह, राजपाका नगर अध्यक्ष महोम्मद महमुद आलम, संचारकर्मी जिबछ उदासी यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।भने ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरद कुमार थापा,सशत्रका डिएसपी अर्जुन सापकोटा लगायत विभिन्न पार्टीका प्रतिनिधि,वडा अध्य्क्षहरु, सगरमाथा बस व्यबसाई संघका अध्यक्ष तथा पदाधिकारी,संचारकर्मी लगायत जनसमुदायहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य उप-प्रमुख सरियार कुमारी चौधरीले राख्नु भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.