ताजा समाचार
गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न || १५ लाख भन्दा बढी मुल्य बराबरको सुन र लागु औषध || भिजिट लहान महोत्सव २०२० हुँदै || नेपाल अर्वुद्ध रोग निवारण संस्थाको छेठौं बार्षिकोत्सब सम्पन्न || आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : अभियन्ता चौधरी || एनएमबीले सिरहामा ल्यायो " प्रोजेक्ट स्वरोजगार " कार्यक्रम || एभरेष्ट कलेजको २१ औ वार्षिक उत्सव सम्पन्न || ७० औं प्रजातन्त्र दिवस लहानमा पनि मनाइयो || सखुवानन्कारकटीमा आयोजित १० दिने दोस्रो झण्डा महोत्सव सम्पन्न || लहान जेसीज २०२० को अध्यक्षमा बसन्त || लहान अस्पतालले बन्द गरेका सबै सेवा सुरु || नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश २ को दोस्रो || मालपोतमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर || नेकपा अध्यक्ष प्रचण्ड द्वारा दोस्रो झण्डा महोत्सवको उद्घाटन || भोजपुरी सिनेमाका चर्चित नायक निरहुआ र नायिका आम्रपाली रौतहट आउदै || लहानमा एकीकृत बस्तिको सिलान्यास || सखुानन्कारकट्टीमा दोस्रो झण्डा महोत्सव हुँदै || सिरहा प्रहरी द्वारा जुवा तास खेल्ने ११ जना पक्राउ || बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए प्रहरीलाई तत्काल खबर || लहान नगरपालिकामा साक्षरता कक्षा संचालन हुने || क्रियाशील दलित पत्रकार संघ प्रदेश २ अध्यक्षमा मणिलाल || नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन || अतिक्रमण गरि बनाइएका घर-टहरा हटाउने अभियान जारि || सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न || सिरहा प्याब्सनको ८ औ वार्षिक साधारण सभा सम्पन्न || लहान बसपार्क शुक्रबार देखि सञ्चालनमा || लागु औषध सहित ८ जना पक्राउ || लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, १ अर्ब ६२ करोड बजेट || लहान स्मार्ट फेशन शो २०२० को उपाधि शशि गोइत लाई || मिस्टर एण्ड मिस सिरहा २०२० को उपाधि विकाश र सुप्रिया || विश्व सरसफाई अभियानमा लागेका लहनाका टोली आज लहानमा || मिस्टर एण्ड मिस सिरहाको फिनाले आज हुदै || डाँका मुद्दाको फरार प्रतीवादी र लागु औषध सहित ५ पक्राउ || एनआइसी एसियाको ‘न्यु सुपर चमत्कारिक निक्षेप योजना’सार्वजनिक || लोकमार्गमा अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन शुरु || प्राविधिक शिक्षा नै आजको आवश्यकता : मुख्यमन्त्री राउत || मिस्टर एण्ड मिस सिरहाको फिनाले पौष २५ गते हुदै || पक्राउ परेका सडक कर्मचारी लाई गुण्डा प्रयोग गरी फसाएको आरोप || सडक डिभिजन कार्यालय लहानका प्रमुख सहित तीन जना पक्राउ || सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन शुरु ||

सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न


फिरोज शेख माघ ५, २०७६

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान माघ ५ -
सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सिरहा र स्वास्थ्य कार्यलय सिरहाको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा सिरहा लहानको समन्वय र आईपास नेपालको सहयोगमा आइतबार सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ शाखा सिरहाका सभापति दिनेश्वर गुप्ताले गर्नु भएको थियो। भने प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका अध्यक्ष रामचन्द्र ठाकुर रहेका थिए।कार्यक्रममा सुरक्षित गर्भपतनको अधिकार,प्रजनन स्वास्थ्य लगायतका विषयमा संचारकर्मीहरुलाई जानकारी गराई गर्भपतन र प्रजनन स्वास्थ्य जस्ता विषयमा सत्य तथ्य सुचना दिएर समाजलाई सु-सुचित गराउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रममा आईपास नेपालका राजिब चौधरीले स्वागत एवम कार्यक्रम माथि प्रकाश परेका थिए। सुरक्षित मातृत्व प्रजनन सवास्ति अधिकार ऐन २०७५ का बारेमा स्वास्थ्य कार्यलय सिरहाका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादव र आईपास नेपालका राजिब चौधरीले सहजीकरण गरेका थिए। भने संचारकर्मीहरुको जिज्ञासा एवम प्रश्नहरुलाई आईपास नेपालका पिताम्बर सिग्देलले स्पष्ट परेका थिए।

कार्यक्रमा नेपालका राजिब चौधरी र पिताम्बर सिग्देलले नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको १७ वर्ष भएको बताए। यो अवधिमा परम्परागतरूपमा चल्दै आएको असुरक्षित गर्भपतनको पाटोमा निकै सुधार आएको भए तापनि राज्यको लक्ष्य र योजनाअनुरूप अझै उपलब्धि हासिल गर्न नसक्नुका थुप्रै कारण रहेका छन्। सर्वप्रथम कानुन नै नबन्दाको अवस्थामा भएका समस्यालाई कानुन बनेपछि धेरै हदसम्म समेटेको छ। तर कानुनमा एकातिर अधिकार र एकातिर अपराध भनेर उल्लेख गरी दुवै कानुनलाई सक्रिय राखेका कारण सुरक्षित गर्भपतन गर्न पाउने कानुनी व्यवस्था हुँदा हुँदै पनि महिलाहरू जेल सजाय भोग्न बाध्य छन्।

राज्यले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिँदा केकस्तो अवस्थामा सुरक्षित गर्भपतन गर्न पाउने भनेर उल्लेख गर्दा महिलाको स्वास्थ्य अधिकारलाई प्रमुख आधार मानेको छ। जसमा गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न पाउने जनाइएको छ। त्यसै गरी गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्ने अवस्था सृजना भएमा वा आमा बच्चाको शारीरिक, मानसिक अवस्था खतरा हुनुका साथै विकलांग बच्चा जन्मने अवस्थाको रिपोर्ट इजाजत प्राप्त चिकित्सकले दिएको अवस्थामा गर्भवती महिलाको स्वीकृतिअनुसार २८ हप्तासम्मको गर्भपतन गर्न सकिने प्रावधान रहेको छ। साथै जबरजस्ती करणी या हाडनाता करणीबाट रहन गएको गर्भ पनि २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्था रहेको जानकारी गराउदै गर्भवती महिला वा गर्भमा रहेको बच्चामा रोग प्रतिरोधक क्षमता नभएमा पनि महिलाको मन्जुरीमा गर्भपतन गराउन पाउने प्रावधान रहेको छ। यसका साथै गर्भमा भ्रूणको विकास नहुने खालको कमीकमजोरी पहिचान भएमा पनि चिकित्सकको राय र महिलाको स्वीकृतिमा गर्भपतन गर्ने अधिकार सुरक्षित गरिएको छ। सुरक्षित गर्भपतनका लागि इजाजत प्राप्त स्वास्थ्य संस्थामा इजाजत प्राप्त स्वास्थ्यकर्मीले मात्र गराउन पाउने प्रावधान रहेको जिकिर गरे।

यसै बीच जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले  गर्भवती महिलालाई करकापमा पारी, ललाईफकार्ई, धम्कीका आधारमा गर्नुहुन्न। कानुनी व्यवस्थाअनुरूप गर्भपतन गराउँदा कुनै बच्चा जीवित जन्मिएर मृत्यु भएमा गर्भपतन गराएको मानिनेसमेत कानुनी व्यवस्था रहेको छ। तर लिंग पहिचान गरी गर्भपतन गरियो भने गर्भपतन गर्ने गराउने दुवैको कार्य गैरकानुनी मानिनेछ। सुरक्षित गर्भपतन लिन चाहने महिला १८ वर्षमाथिको भएमा आफैले मञ्जुरी दिन सक्छन् भने त्योभन्दा कम उमेरका महिलाको हकमा उनको संरक्षकले मात्र मञ्जुरीनामा दिन सक्ने प्रावधान रहेको छ। गर्भपतन गर्ने महिलाको गोपनीयता कायम राख्ने दायित्व स्वास्थ्य संस्था र सम्बन्धित स्वास्थ्यकर्मीको रहनेछ। त्यसैले घरठेगाना तथा नाम गोप्य राख्ने प्रावधान रहेको छ। यस्तो अवस्थामा अध्ययन, अनुसन्धानका लागि माग भएमा पनि सम्बन्धित महिलाको परिचय गोप्य नै राख्नुपर्नेछ। स्वयं महिलाले माग गरेको खण्डमा मात्र परिचय दिने व्यवस्था रहेको कानुनि प्रावधानका बारेमा स्पष्ट पारे।
सुरक्षित गर्भपतनका बारेमा भएको व्यापक अन्तरक्रिया कार्यक्रमको संचालन जिल्ला पत्रकार महासंघ सिरहाका महिला उपाध्यक्ष रिंकु दासले गरेकी थिइन।  

Comment Box

गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न...

लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको लहान प्रहरीले संभवत...

" हाम्रो लहान समृद्ध लहान ,पर्यटन सहितको सुन्दर नगर नगर...

नेपाल अर्वुद्ध रोग निवारण संस्था,लहान क्यान्सर केयर सेन्टर लहान,सिराहाको छेठौं...

मैथिल समाज वुटवलका अध्यक्ष तथा मातृभाषाका अभियन्ता मुखिलाल चौधरीले आधारभूत...

एनएमबी बैंकले दिगो विकासको लागि दिर्घकालिन उदेश्यको साथ अवसरहरुको सिर्जना...

लहान ३ मा अवस्थित लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल...

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली...

‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ...

लहान सिटिजेसीजको साधारण सभाको निर्वाचन प्रक्रिया बाट सन् २०२० का...

सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत...

" गुणस्तरीय उत्पादन,मर्यादित व्यपार ,नीति निर्माणमा पहुँच सांगठनिक आधार "...

सिरहाको लहानमा अवस्थित मालपोत कार्यलयमा नेपाल बैंक लिमिटेडले एक कार्यक्रमका...

कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने मूल...

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र...

सिरहाको लहानमा एकीकृत बस्ति निर्माण तथा खेल मैदान सिलान्यास कार्यक्रम...

" कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने...

सिरहा प्रहरीले जुवा तास खेल्ने ११ जना लाई पक्राउ गरेका...

समाजमा भइरहेको बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल...

सिरहाको लहान नगरपालिकाको प्रत्येक वडामा साक्षरता कक्षा संचालन हुने भएको...

क्रियाशील दलित पत्रकार संघ नेपालको २ नम्बर प्रदेश स्तरीय प्रथम...

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्र लहानमा सडक अतिक्रमण तथा ऐलानी...

सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न...

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) सिरहाको ८ औ वार्षिक...

जग्गामा ४ करोड भन्दा बढी लागानी गरि निर्माण गरेको लहान...

सिरहा प्रहरीले .लागु औषध सहित ८ जना लाई पक्राउ गरेका...

लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ। सम्पन्न पाँचौ नगरसभा...

सिरहाको लहानमा मंगलबार राति सम्पन्न लहान स्मार्ट फेशन शो एण्ड...

सिरहाको लहानमा शुक्रबार अबेर राति सम्पन्न मिस्टर एण्ड मिस सिरहा...

" म मेरो देशमा फोहर गर्दिन " मूल नाराका साथ...

सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को...

सिरहा प्रहरीले डाँका मुद्दाका एक फरार प्रतीवादी लाई पक्राउ गरेको...

एनआइसी एसिया बैंकले ‘न्यु सुपर चमत्कारिक निक्षेप योजना’ सार्वजनिक गरेको...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा...

सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको ३२ औ वार्षिकउत्सव...

सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को...

सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद साहलगायत तीन जना कर्मचारीलाई...

सिरहाको लहान स्थित रहेको सडक डिभिजन कार्यालयका प्रमुख बिनोद साह...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा...