शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जोली एलएलबी २ पाकिस्तानमा प्रतिवन्धित , तिन दिनमा ५० करोड
फाल्गुन २, २०७३ | फिरोज शेख

अक्षय कुमार अभिनित हिन्दी फिल्म जोली एलएलबी २ पाकिस्तानमा प्रतिवन्धित भएको छ । कश्मिरको मुद्दालाई गलत तरिकाले उठान गरिएको भन्दै पाकिस्तानी सेन्सर बोर्डको परिक्षण समितिले फिल्मलाई प्रतिवन्ध लगाएको हो ।सुभाष कपूरले निर्देशन गरेको यस फिल्ममा अक्षयले एउटा वकीलको भूमिका निभाएका छन् । यस क्रममा एक कश्मिरी लडाकुको मुद्दा पनि उनीसामु आउँछ ।यसअघि शाहरुख खानको फिल्म रइसलाई पनि पाकिस्तानमा रिलिज गर्न रोकिएको थियोउ । जबकि ऋतिक रोशनको फिल्म काबिलले त्यहाँ प्रदर्शनको अनुमति पाएको छ । त्यसो त जोली एलएलबी २ पाकिस्तानमा रिलिज हुने झिनो सम्भावना अझै बाँकी छ । पाकिस्तानी बितरकहरुले सेन्सर बोर्डको प्रतिवन्धका विरुद्ध फुल बोर्डमा अपील गर्ने तयारी गरेका छन् । फुल बोर्डले सेन्सर बोर्डको निर्णय उल्टाउने क्षमता राख्छ । शुक्रबारबाट प्रदर्शनमा आएको जोलीले रिलिजको पहिलो दिन १३ करोड २० लाख  , दोस्रो दिन १७ करोड ३१ लाख र तेस्रो दिन १९ करोड ९५ लाख भारुको व्यापार गर्दै ३ दिनमा ५० करोड ४६ लाख भारुको व्यपार गर्न सफल भएका छन् । ७५ करोड को लगानीमा बनेको यो फिल्मले प्रदर्शन हुनु अगावै बिभिन्न राइट्स बाट ४५ करोड भारु असुल गरि सकेका छन् फिल्म लाइ उत्कृस्ट श्रेणीमा आउँ १२५ करोड भारुको व्यपार गर्नु पर्ने छ । तिन दिनको कमाइ हेर्दा यो फिल्मले १२५ भन्दा बढीको व्यपार गर्ने सम्भावना रहेको फिल्म समिक्षकहरुले जनाएका छन्। फिल्मको चौतर्फी प्रशंशा भैरहेको छ। यो फिल्म २०१३ मा आएको जोली एलएलबीको सिक्वेल हो ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.