शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संकटालाइ हराउदै मोरङ ११ फाईनलमा
फाल्गुन २, २०७३ | सरगम खबर समाचारदाता

उदयपुर, २ फागुन ।
केहि दिन अगाडी  सिमारा गोल्डकप उपाधि विजेता संकटा क्लव काठमाडौं चौथो रमपम उदयपुर गोल्डकपको सेमी फाईनलबाटै बाहिरिएको छ । थारुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको गोल्डकपको सोमबारको पहिलो सेमी फाईनल खेलमा मोरङ ११ बाट सिएमसी संकटा काठमाडौं १ को विरुद्ध २ गोलले पराजित हुदै बाहिरिएको हो । संकटालाई पराजित गरेसंगै मोरङ ११ फाईनलमा प्रवेश गरेको छ । खेलको ६९ औं मिनेटमा मोरङका जर्सी नम्बर १० का भुवन बस्नेतले पहिलो गोल गरेका थिए । ७३ औं मिनेटमा मोरङकै तर्फबाट जर्सी नम्बर १५ का मिक्चन तामाङले एक गोल गरेका थिय । खेलको ८३ औं मिनेटमा संकटाको जर्सी नम्बर ११ का सजिन थापाले १ गोल फर्काएका थिए । राम्रो खेल प्रदर्षन गरेका मोरङका जर्सी नम्बर १० का भुवन बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए भएका छन ।भोलीको अर्को सेमीफाईनल खेल रुपन्देही ११ र हिमालयन शेर्पा क्लव काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.