शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ ९ -
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार जनकपुरधाममा आयोजित अधिवेशनका प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेश भन्दा ठुलो ज्ञानभूमि संसारमा कहिंपनि नरहेको बताउँदै आयुर्वेदिक चिकित्साको सबैभन्दा ठुलो इतिहास जनकपुरधामकै भूमिपुत्री माता सिताको रहेको जिकिर गरे ।कार्यक्रममा नेपाल आयुर्वेद औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष जंगराज गिरीले मानव विकास सँगै सुरु भएको आयुर्वेद उपचार पद्धतिको लोकप्रियता बढ्दै गएको बताए । आयुर्वेद औषधीमा संलग्न व्यवसायीले गुणस्तरीयतामा ध्यान दिनुपर्ने समेत उनले बताए ।
संघको नयाँ कार्यसमिति चयन
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशनबाट श्याम सुन्दर झाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा निर्विरोध रोहित चन्द्र ठाकुर,महिला उपाध्यक्षमा विभा साह,सचिवमा रोशन मिश्र,सह–सचिवमा सुबोध यादव र कोषाध्यक्षमा राकेश झा सर्वसम्मत चयन भएका छन् ।त्यस्तै,सदस्यहरुमा श्रीराम साह (धनुषा),ममता कुमारी यादव (महोत्तरी),अतिक अनवर (सिरहा),राज कुमार सर्राफ (बारा),विरेन्द्र प्रसाद चौधरी (सप्तरी),सुशिल कुमार साह (पर्सा),मो.जहागिर रौकी (रौतहट) र सागेन्द्र महतो (सर्लाही) रहेका छन् । त्यस्तै,समावेशी सदस्यहरुमा महिला तर्फ रंजिता पण्डित,जनजाती तर्फ राम विनय मण्डल र खुल्ला सदस्यमा सिता कुमारी यादवलाई चयन गरिएको छ ।