शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकामा साक्षरता कक्षा संचालन हुने
माघ ९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ माघ ९ - 
सिरहाको लहान नगरपालिकाको प्रत्येक वडामा साक्षरता कक्षा संचालन हुने भएको छ। यस वर्ष नेपाल सरकारको राष्ट्रिय स्तरमा साक्षर नेपाल वर्ष घोषणा गर्ने कार्यक्रम अन्तर्गत लहान नगरपालिका शिक्षा शाखाले लहानका २४ वटै वडामा अवस्थित विद्यालयका शिक्षकहरुको सहभागितामा अक्षर वा लिपी चिन्नु, लेखपढ गर्न जान्नु, गणनाका कार्य गर्न सक्नुभन्ने उदेश्यका साथ यहि फागुन १ गते देखि प्रत्येक वडामा साक्षरता कक्षा संचालन गर्न लागेको शिक्षा शाखा संयोजक राज कुमार साहले जानकारी दिएका छन।

साक्षरता कक्षा संचालन सन्दर्भमा विहिबार लहान नगरपालिका वडा नम्बर ७ को कार्यलयमा वडा अध्यक्ष राकेश कुमार गुप्ताको अध्यक्षतामा लहान ७ मा अवस्थित श्री पशुपति आदर्श माविका शिक्षकहरु संग पहिलो चरणको छलफल सम्पन्न भएको छ। अध्यक्ष गुप्ता संगै वडा सदस्यहरु राम कुमार महतो,आनन्द कुमार चौधरी,मुना श्रेष्ठ,आशा मेस्तर,वडा अध्यक्षका प्रत्यासी राम औतार शर्मा, समाजसेवी संजय गुप्ता लगायत शिक्षकहरु सोभित लाल चौधरी,कृष्ण देव महतो,सम्मत लाल चौधरी,धन बहादुर राउत,महम्मद हबिब,राम उदगार यादव अलखनारायण मिश्र,लक्ष्मण साह,श्याम कुमार गुप्ता,संचारकर्मी फिरोज शेखको उपस्तिथिमा सम्पन्न छलफलको पहिलो चरणमा वडा नम्बर ७ मा रहेको निरक्षरहरुको पहिचान गर्नको लागि वडामा अवस्थित सामुदायिक विद्यालय श्री पशुपति आदर्श मावि लाई जिम्मा दिने सर्व सहमतिले निर्णय गरिएको छ।

नगर प्रमुख मुनि साहको संयोजकत्वमा रहेको साक्षरता अभियान समितिले २०७७ सालअसारको दोस्रो साता भित्र साक्षर नगर घोषणा गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष गुप्ताले जानकारी दिदै १९ औँ शताब्दीमा साक्षरतालाई अक्षर पढ्ने र लेख्ने क्षमतासँग जोडिन्थ्यो । २० औ शताब्दीमा आउँदा अंक र अक्षरसँग मात्र नभई विभिन्न विधामा जोडिन थाल्यो । सामान्यतया साक्षरता भनेको अक्षर वा लिपी चिन्नु, लेखपढ गर्न जान्नु, गणनाका कार्य गर्न सक्नुभन्ने हुन्छ उनले बताए। " आजभोली साक्षरता पढाई, लेखाई र गणितमा मात्र सीमित नगरी यसका अधिकार, दायित्वसँग पनि जोडेर हेरिन्छ । सन १९९८ मा युनेस्कोले साक्षरतालाई लेखाइपढाई र गणितसँग सम्बन्धित गरी पढन, लेख्न र दैनिक जीवनमा आइपर्ने गणितीय जोडघटाऊ गर्न सक्ने परिभाषित गरेको पाइन्छ।" सन १९५६ बाट नेपालमा साक्षरता शिक्षा प्रारम्भ भएको हो । प्रत्येक व्यक्तिले आफ्नो मातृभाषा वा राष्ट्रभाषामा पढ्न, लेख्न वा अंकहरु र दैनिक जीवनमा प्रयोग हुने सामान्य हरहिसाव, कार्यमूलक विषय र दैनिक जीवनसँग सम्बन्धित साना वाक्यहरु बुझेर लेखपढ गर्न सक्ने, बुझेका कुरा एकआपसमा राम्ररी सम्प्रेषण गर्न सक्ने तथा साधारण हरहिसाव गर्न सक्ने सम्झिनु पर्छ,अध्यक्ष गुप्ताले छलफलको क्रममा प्रकाश पारे।

साक्षरता कक्षामा सहभागी निरक्षरले राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ गर्नसक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ गर्नसक्ने ,आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्नसक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्नसक्ने सून्यदेखि ९ सम्मका अङ्क अक्षर लेखाइ गर्नसक्ने, १ देखि १०० सम्म गणना गर्नसक्नेलाई साक्षर भएको घोषणा गरिने  छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.